कोरोना भाइरस : ‘चेयरमेन जीटीए रिलिफ फण्ड’-मा मानिसहरूले 72 घण्टा नबित्दै 32 लाख भन्दा धेर दिए सहयोग राशी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 27, 2020

कोरोना भाइरस : ‘चेयरमेन जीटीए रिलिफ फण्ड’-मा मानिसहरूले 72 घण्टा नबित्दै 32 लाख भन्दा धेर दिए सहयोग राशी

गफसफ.com, २७ मार्च २०२०, दार्जीलिङ ।
‘चेयरमेन जीटीए रिलिफ फण्ड’ (Chairman GTA Relief Fund) मा 72 घण्टा नबित्दै 32 लाख 5 हजार 5 सय 26 रूपियाँ सङ्ग्रह भएको छ। यसबारे जीटीए बोर्ड अध्यक्ष अनित थापाले आधिकारिक जानकारी दिएका छन्। देशव्यापी लकडाउन भएको अवस्थामा दार्जीलिङ पहाडका चिया कमानका श्रमिकहरू आर्थिक सङ्कटमा नपरोस भन्ने उद्देश्यले राहत कोष सङ्ग्रह गर्नलाई अपिल गर्दै अनित थापाले ‘जीटीए रिलिफ फण्ड’ गठन सँगै यसको बैंक खाता सार्वजनिक गरेपछि मानिसहरूले सहयोग राशी दिन थालेका छन्।

राहत कोष गठनको 72 घण्टा नबित्दै मानिसहरूले उत्साहको साथ सहयोग गरेपछि 32 लाख भन्दा धेर राहत राशी सङ्ग्रह भएका छन्। जसको निम्ति थापाले सबैलाई आभार प्रकट गरेका छन्। यसका साथै उनले अन्य सहयोग गर्न चाहनेहरूलाई सहयोगको आह्वान पनि गरेका छन्।
वैश्विम महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बाँच्नलाई देशव्यापी 21 दिने लकडाउन सुरू भएपछि दार्जीलिङ पहाडका चिया श्रमिकहरू धेर पीडित हुने सम्भावना रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउन अवधीका वेतन काट्ने कार्य नगर्ने आग्रह गरेपनि मुनाफा मात्र कमाउने मालिकहरूले श्रमिकहरूलाई लकडाउन अवधीको वेतन दिनेछ भन्ने कुनै ग्यारेन्टी छैन। यस्तो अवस्थामा जीटीए बोर्ड अध्यक्ष अनित थापाले चिया श्रमिकहरूलाई आर्थिक सङ्कट भोग्न नपरोस भनेर राहत कोष सङ्ग्रह सुरु गरेका हुन्। जसलाई सबैले सहयोग गर्दै सहयोगका हातहरू अघि बडाउन थालेका छन्।
अध्यक्ष जीटीए राहत कोषमा सहयोग गर्ने चाहनुहुन्छ भने निम्न बैंक खातामा अनलाइन पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ -
Chairman GTA Relief Fund
Account: 3808702955
Central Bank of India
Darjeeling Branch
IFSC: CBIN0281040

No comments:

Post a Comment

Post Bottom Ad