कोरोना सङ्क्रमण: 19 जनाको मृत्यु, 67 जना भए स्वास्थ्य 748 सङ्क्रमित, कालेबुङ जिल्ला पुलिसले रेडक्रसको सहयोगमा घर-दैलोमा पुर्‍याइदिने खाद्य सामाग्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 27, 2020

कोरोना सङ्क्रमण: 19 जनाको मृत्यु, 67 जना भए स्वास्थ्य 748 सङ्क्रमित, कालेबुङ जिल्ला पुलिसले रेडक्रसको सहयोगमा घर-दैलोमा पुर्‍याइदिने खाद्य सामाग्री

गफसफ.com, २७ मार्च २०२०, नयाँ दिल्ली ।
    देश     
कोरोना भाइरसले भारतमा अहिलेसम्म मोठ 19 जनाको मृत्यु भएको छ भने 748 जना यो घातक सङ्क्रमणको चपेटमा आएका छन्। यसक्रममा यो वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको चपेटमा आएर सङ्क्रमित बनेकाहरू मध्ये 67 जना अस्पताबाट स्वास्थ्य भएर घर फर्कन सफल भएका छन्।

   पश्चिम बङ्गाल   
पश्चिम बङ्गाल राज्यमा कोरोना भाइरस सङ्क्रमित 5 जना नयाँ मामिला पुष्टि भएको छ। यससँगै पश्चिम बङ्गालमा कोरोना पीडितहरूको सङ्ख्या 15 पुगेको छ। उक्त पाँचैजना एकै परिवारका सदस्यहरू हुन्। कोरोना भाइरस पीडितहरूमा तीनजना (एकजना नौ महिनाको शिशी, छ वर्षिय अनि 11 वर्षिय) नानीहरूलाई सङ्क्रमण भएको छ भने दुईजना 27 वर्षिय अनि 45 वर्षिय महिला छन्। राज्यको स्वास्थ्य विभागले जारी गरेको मेडिकल बुलेटिनमा यसबारे जानकारी दिइएको छ।
प्राप्त जानकारी अनुसार उनीहरू गत 15 मार्चका दिन दिल्लीमा एक विवाह कार्यक्रममा सहभागी भएका थिए। सोही विवाह कार्यक्रममा ब्रिटेनबाट कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएपछि उनीहरू सङ्क्रमित बनेका छन्।
कालेबुङ
देशव्यापी चलेको 21 दिनव्यापी लकडाउनको अवधी कालेबुङ बजारमा मानिसहरू शुक्रबार निस्केका थिए। शहरको दवाई दोकानहरूमा मानिसहरू दवाई किन्न आएका थिए भने आवश्यक घरका खाद्य सामाग्रीहरू किन्नेहरूको पनि शुक्रबार बजारमा निक्कै चलह-पहल रहेको थियो। यसक्रममा कालेबुङ जिल्ला पुलिसले मानिसहरूलाई सामाजिक दुरत्व बनाएर राख्ने अपिल गर्दै माइकिङ समेत गरेको छ।
   पुलिसले पुर्‍याउने घरैमा खाद्य सामाग्री   
देशव्यापी लकडाउनको अवस्थामा मानिसहरूलाई कुनै पनि खाद्यन्नको अभाव नहोस भन्ने उद्देश्यले आजदेखि कालेबुङ जिल्ला पुलिसले घरदैलोमा खाद्य सामाग्री पुर्‍याउने भएको छ। कालेबुङ जिल्ला पुलिसले बजारसम्म आउन नसक्ने, बजार आउने साधन नभएका मानिसहरुलाई आवश्यक खाद्य सामाग्रीहरू घर-घरमा पुर्‍याउने ट्राफिक प्रभारी सुरज लामाले आज बताएका छन्।
जिल्ला पुलिसले रेडक्रस इन्टरनेशनलको सहयोगमा उक्त पहल आजदेखि आरम्भ गर्ने पनि जानकारी दिएका छन्। यसका निम्ति मानिसहरूले हेल्पलाइन नम्बर  03552-256003 मा सम्पर्क गर्न सक्नेछन्।
कालेबुङ शहर संलग्न क्षेत्रका मानिसहरूले घरमा चाहिएका खाद्य सामाग्रीहरू हेल्नलाइन नम्बरमा सम्पर्क गर्र सबै सामानहरूको सूची बताएपछि पुलिसले उक्त सामानहरू सम्बन्धित पसलहरुबाट खरिद गरेर वाहनमा रेडक्रसका स्वयंसेवक मार्फत मानिसहरुको घरसम्म पुर्‍याउनेछ। यसका निम्ति मानिसहरूले कुनै अतिरिक्त पैसा समेत तिर्न नपर्ने सुरज लामाले बताएका छन्। सम्पूर्ण खाद्य सामाग्रीको मूल्य दोकानमा लिइएको दामभन्दा एक पैसा पनि अतिरिक्त तिर्न नपर्ने अनि वाहनको खर्च जिल्ला पुलिसले बेहोर्ने पनि ट्राफिक प्रभारी सुरज लामाले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad