एनआरसी र सीएए-को विरोधमा मुख्यमन्त्री ममता व्यानर्जीको सिलगढीमा शक्ति प्रदर्शन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 3, 2020

एनआरसी र सीएए-को विरोधमा मुख्यमन्त्री ममता व्यानर्जीको सिलगढीमा शक्ति प्रदर्शन

गफसफ.com, ३ जनवरी २०२०, सिलगढी 
नेशनल रजिस्टर अफ् सिटिजन्स (एनआरसी) अनि सीटिजन एमेन्डमेन्ड एक्ट (सीएए) को विरोधमा तृणमूल कङ्ग्रेस नेत्री एवम् मुख्यमन्त्री ममता ब्यानर्जीले आज सिलगढी शहरमा एउटा विशाल जुलुस निकालेर शक्ति प्रदर्शन गरेको छ। यस अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले एनआरसी अनि सीएएको विरोध गर्दै केन्द्र सरकार सँगै प्रधानमन्त्री नरेन्द्र मोदीको जोडदार राजनैतिक आक्रमण गरिन्।

दार्जीलिङ मोडदेखि सुरु भएको विरोध र्‍याली बाघजतिन पार्कमा पुगेर समापन भएको थियो। यस अवसरमा विभिन्न स्थानहरूबाट तृणमूल समर्थकहरू व्यापक रूपले जुलुसमा सहभागी बनेका थिए। यसै अवसरमा जनसभालाई सम्बोधन गरदै मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्दै ‘तपाईँ भारतका प्रधानमन्त्री हुनुहुन्छ कि पाकिस्तानका राजदुत?’ भनिन्। यसभन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार कर्नाटकमा एक जनसभालाई सम्बोधन  गर्दै पाकिस्तानको चर्चा गरेका थिए। सोहिक्रममा प्रधानमन्त्री नरेन्द्र मोदील, जसले संसदको विरोधमा नारेबाजी गरिरहेका छन् उनीहरूलाई पाकिस्तानमा भइरहेको अत्याचारको विरोधमामा नाराबाजी गर्ने सुझाव दिएका थिए। त्यसैको जवाबमा मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री मोदीलाई प्रश्न तेर्साएका हुन्।
‘म नागरिकता संशोधन कानुन अनि एनआरसीको विरोधमा लडीरहेको छु। यसैकारण मेरोसाथ आउनुहोस्। म सबैलाई आह्वान गर्दछु कि हाम्रो लोकतन्त्रलाई बचाउनका निम्ति सबै अघि आउनुहोस्’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। यसक्रममा उनले प्रधानमन्त्री मोदीले भारतलाई पाकिस्तानसँग तुलना गरेको भन्दै यस सन्दर्भमा पनि उनले जोडदार राजनैतिक आक्रमण गरिन्। ‘भारत एक वृहत देश हो जसको संस्कृति अनि बिरासत सम्वृद्ध छन्। तपाईँ हाम्रो देशलाई पाकिस्तानसँग किन बारम्बार तुलना गर्नुहुन्छ?’ ममता ब्यानर्जीले भनिन्।
उनले नागरिकता संशोधन कानुन अनि एनआरसीको जारी विवादको सन्दर्भमा टिप्पणी गर्दै भारत स्वाधीन भएको 70 वर्ष पुगिसक्दा अहिले आफ्नो नागरिकता प्रमाणित गर्नुपर्ने कार्य अत्यन्त्यै लज्जास्पद कुरा रहेको पनि ममता ब्यानर्जीले बताइन्।

No comments:

Post a Comment

Post Bottom Ad