एनआरसी र सीएएको विरोधमा विनय तामङले गरे तेस्रो चरणको पैदल यात्रा; भने – ‘जनताको सुरक्षाको निम्ति सहिद बन्न तयार छु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, January 13, 2020

एनआरसी र सीएएको विरोधमा विनय तामङले गरे तेस्रो चरणको पैदल यात्रा; भने – ‘जनताको सुरक्षाको निम्ति सहिद बन्न तयार छु’

गफसफ.com, १२ जनवरी २०२०, कालेबुङ । 
'एनआरसी अनि सिएएले गोर्खा अनि यहाँका अन्य समुदायलाई यदि शरणार्थी बनाउछ भने तपाईँहरुको रक्षाको निम्ति म सहिद बनिदिएको हुनेछु' उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले भनेका हुन्। तामङले एनआरसी र सीएए गोर्खाहरूको निम्ती घातक हो भन्दै गोर्खाहरूको पक्षमा आफू सधैँ अघि आएर लड्ने प्रतिवद्धता पनि जाहेर गरेका छन्।
उनले एन आर सि अनि सिएए विरुद्ध तेस्रो चरणको पैदल यात्रा अन्तर्गत पेदोङदेखी कालेबुङसम्मको यात्रा तय गरेपछी डम्बर चोकमा उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै तामाङले उक्त कुरा भनेका हुन्।
पेदोङदेखी बिहान 9.15 बजि पेदोङ खेल मैदानदेखी उनले पैदल यात्रा शुरु गरेका थिए भने लगभग 4 बजि कालेबुङ डम्बर चोक आइपुगेका थिए। पैदल यात्रामा पार्टिका नेतृवर्ग, भातृ सङ्गठनका पदाधिकारीगण, विभिन्न सङ्घ सस्थाका प्रतिनिधि लगायत पार्टी कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो। यात्रा अवधी विभिन्न स्थानमा तामाङलाई मानिसहरुले खदार्पण गरेर सम्मान पनि जनाएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad