२०१७ मा गोर्खाल्याण्डको आन्दोलनमा प्राण त्याग्नेहरूले सरकारी सम्पत्ती नष्ट गर्दा पुलिसले गोली ठोकेको भाजपा अध्यक्ष दिलिप घोषले दिए विवादित वयान; विनय तामङले गरे घोर भर्त्सना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, January 15, 2020

२०१७ मा गोर्खाल्याण्डको आन्दोलनमा प्राण त्याग्नेहरूले सरकारी सम्पत्ती नष्ट गर्दा पुलिसले गोली ठोकेको भाजपा अध्यक्ष दिलिप घोषले दिए विवादित वयान; विनय तामङले गरे घोर भर्त्सना

गफसफ.com, १६ जनवरी २०२०, कालेबुङ । 
‘भाजपा पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले गत 2017 सालको आन्दोलनमा वीरगति प्राप्त गर्ने ११ जना गोर्खाहरूलाई असमाजिक तत्वको संज्ञा दिँदै सरकारी सम्पति नष्ट गरेकोमा पुलिसले गोली ठोकी ठीक काम गरेको छ भन्ने जुन बयान दिएको छ त्यसको हामी घोर विरोध गर्दछौं। यतिमात्र हैन सांकेतिक रूपमा गोर्खाहरू बहिरबाट आएको विदेशी भन्दै कुकुरको संज्ञासमेत उनले दिएका छन्’ – उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामङले एक प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।

भाजपाका राज्य अध्यक्षदिलिप घोषले केहिदिन अघि मात्रै एनआरसी र सीएएको विरोध गर्नेहरूलाई कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ भन्ने विवादित बयान दिएका थिए। जसको देशव्यापी विरोध भइरहेको छ। सोहिक्रममा उनले गोर्खाहरूमाथि पनि विवादित बयान दिएका हुन्। उनले २०१७ मा चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा पहाडमा ११ जना प्राण त्याग्नेहरूले सरकारी सम्पत्ती नष्ट गरेको कारण पुलिसले गोलि ठोकेको भन्ने वयान दिएका छन्। अर्थात् त्यसबेला गोर्खाल्याण्डको आन्दोलनमा पुलिसले गोलि ठोकेर राम्रै गर्‍यो भन्ने भाजपा राज्य अध्यक्ष दिलिप घोषको वयान रहेको छ। जसको कारण गोर्खाहरूमा भाजपा राज्य अध्यक्षले पुन: एकचोटि आफुहरूको घोर्खाप्रतिको सोँचलाई उदाङ्गो पारिदिएका छन्। उनको उक्त विवादित बयानको विनय तामङले जोडदार भर्त्सना जनाएका छन्।  
‘’बङ्गाल पुलिसले ११ जना गोर्खाहरूलाई गोली ठोकेको थियो, जसले आगजनी गरेको थियो। जसले राष्ट्रिय सम्पति नष्ट गर्छन् उनीहरूलाई यसरी कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ”- एउटा च्यानलमा बोल्दै उनले यसो भनेका छन्। भाजपा अध्यक्ष दिलीप घोषको उक्त वक्तव्यको हामी घोर प्रतिवाद जनाउँदछौं र उनलाई आफ्नो वक्तव्य तुरून्तै फिर्ता लिनुपर्ने चेतावनी पनि दिँदछौं’- विनय तामङले दिलिप घोषको वयान उद्धृत गर्दै भनेका छन्।
गोर्खाहरूप्रति भाजपाको नियत कस्तो छ भनेर पश्चिम बङ्गालका भाजपा अध्यक्ष दिलीप घोषको उक्त वक्तव्यले नै स्पष्ट पार्दछ भनि विनय तामङले बताएका छन्। ‘११ जना गोर्खाहरूले त्यतिबेला वीरगति प्राप्त गरेका हुन् जतिबेला विमल गुरूङले नेतृत्व गरिरहेको गोजमुमो भाजपाको एक घटक दल रहेको थियो र भाजपाले नै गोर्खाल्याण्ड दिन्छ भन्ने भरोषामा विमल गुरूङले गोर्खाल्याण्डको नाममा हिस्रक आन्दोलन शुरू गरेको थियो। भाजपाकै आशा- भरोषामा गोर्खाहरूले बङ्गाल सरकारविरूद्ध गोर्खाल्याण्ड आन्दोलनमा होमिएका थिए भने ११ जना गोर्खाहरूले पनि भाजपाकै विश्वासमा वीरगति प्राप्त गरेका थिए। तर आज आएर भाजपा अध्यक्षले गोर्खाल्याण्ड आन्दोलनकारी अनि ११ जना शहीदहरूलाई राष्ट्रिय सम्पति नष्ट गर्ने असमाजित तत्वको नाम दिँदै उनीहरूलाई कुकुरलाई जस्तै गोली ठोकी हत्या गरिएको भनेर जुन बयान दिएको छ त्यो अति नै निन्दनीय अनि विश्वासघाती रहेको छ’ विनय तामङले भनेका छन्।
दिलीप घोषको उक्त वक्तव्यले भाजपाको गोर्खाहरूप्रतिको नियत झल्किन्छ भन्दै सोहिकुरा बुझेर नै उनीहरूले भाजपाको विरोध गरेका पनि तामङले बताएका छन। ‘गोर्खाहरूलाई उनीहरू कुकुरसित तुलना गर्छन्। यसैले आसाममा हाम्रा 2 लाखजत्ति गोर्खाहरूलाई एनआरसीमार्फत् शरणार्थी बनाएर देशबाट निकाला गर्ने ताकमा छन्। एनआरसी अनि सीएए लगाएर दार्जीलिङ पहाड़लगायत देशका अन्य प्रान्तहरूबाट पनि गोर्खाहरूलाई यसरी नै उच्छेद गर्न चाहन्छन्। किनभने दिलीप घोषले जस्तै भाजपाका धेरै नेताहरूले गोर्खाहरूलाई विदेशी सम्झिन्छ। यसैले हामी भाजपाको विरोधमा छौं। भाजपा गोर्खाहरूको हितैषी हैन तर गोर्खाहरूलाई भावनात्मक अनि राजनैतिकरूपमा लुटेर बर्बाद गर्ने ताकमा छन्। गोर्खाहरूले अझै पनि यो कुरा नबुझे भाजपाले गोर्खाहरूलाई घरको न घाटको बनाउनेछ’ तामङले भनेका छन्। यसक्रममा उनले दिलिप घोषलाई आफ्नो वयान फिर्ता लिने नभए विरोधमा सड़कमा उत्रिने पनि चेतावनी दिएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad