जातीय चेतना, चिह्नारी अनि उन्मुक्तिको दिशामा युगकवि अगमसिहं गिरीले दोहोराएको मार्गको हामी सदैव अनुसरण गर्नेछौं- विनय तामङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 27, 2019

जातीय चेतना, चिह्नारी अनि उन्मुक्तिको दिशामा युगकवि अगमसिहं गिरीले दोहोराएको मार्गको हामी सदैव अनुसरण गर्नेछौं- विनय तामङ

गफसफ.com, दार्जीलिङ,27दिसम्बर। 

"आफ्नो जाति अनि पहाड़को निम्ति बाचुञ्जेलसम्मै चेतनशील अनि सशक्त कविताहरू लेख्ने क्रान्तिकारी कवि अगमसिहं गिरी भारतीय नेपाली साहित्यको एक ध्रुवतारा हुन् भने गोर्खे समाजको निम्ति चेतनाको ज्योति। आफ्नो रचनाहरूमार्फत् भारतीय गोर्खाहरूको राजनैतिक चिह्नारी, जातीय एकता अनि उन्मुक्तिको आवाज जनमानससम्म पुरयाउने क्रान्तिकारी कवि हुन् उनी। यसैले  उनलाई भारतीय गोर्खाहरूको जातीय कवि भन्दा कुनै अत्युक्ति हुदैन। जातीय कवि अगमसिंह गिरीले दिएको सन्देश अब भारतीय परिपाटीमा गोर्खाहरूको मानसपटलबाट अनि भारतीय गोर्खाहरूको शब्दकोषबाट " प्रवासी" को शब्द मेटिएको हुनुपर्छ"- उक्त कुरा कवि अगमसिंह गिरी जयन्तीको अवसरमा गोजमुमो अध्यक्ष विनय तामङले भनेका हुन् । 

'राष्ट्रियस्तरमा हेर्नु हो भने कवि अगमसिहं गिरीलाई नचिन्ने अनि उनका कविताहरू नपढ्ने कविहरू कोही छैन। तथापि  भारतीय गोर्खाहरूबाट जुन मान- सम्मान उनले पाउनुपर्ने थियो त्यो अहिलेसम्म भएको छैन। जातीयताको चेतना जाग्रत गराउने भारतीय गोर्खाहरूका जातीय कवि अगमसिहं गिरीलाई जुन स्थान प्रदान गरिनुपर्ने थियो त्यो अहिलेसम्म भएको छैन' तामङले भनेका छन् ।  

यसक्रममा उनले आदिकवि भानुभक्तको जन्म जयन्तीलाई पश्चिम बंगाल सरकारबाट जसरी सरकारी विदा घोषित गरिएको छ त्यसरी नै जातीय कवि अगमसिहं गिरीको जन्म जयन्तीलाई पनि सरकारी विदा घोषित गरियोस् भन्ने उनले माग गरेका छन् । यसका निम्ति उनले राज्य सरकारलाई पत्राचार गरिने बताएका छन्। यसा साथै उनले भारतभित्रका विभिन्न सघं-संस्थाहरूको तर्फबाट यस विषयमा पत्राचार गरियोस् भनि अपील पनि गरेका छन् ।

'यसबाहेक कवि अगमसिहं गिरीको नाममा विगतमा प्रदान गरिदै आइरहेको गिरी पुरस्कार प्रदान गरिरहेको छ।  पश्चिम बंगाल सरकारको तर्फबाट पनि गिरी पुरस्कारको चलन शुरू गरियोस् भन्ने पनि म चाहन्छु। पश्चिम बंगाल सरकारले आदिकवि भानुभक्तको सम्मानमा जसरी पुरस्कार प्रदान गर्ने गरेको छ त्यसरी नै जातीय कवि अगमसिहं गिरीको सम्मानमा पनि पुरस्कार प्रदान गरिनुपर्ने हो भन्ने मेरो धारणा रहेको छ। यसको निम्ति जीटीएलगायत विभिन्न साहित्यिक संघ- संस्थाहरूले पनि राज्य सरकारलाई पत्राचार गरियोस् भन्ने मेरो अनुरोध छ। म स्वयं पनि यस विषयमा माननीय मुख्यमन्त्रीलगायत राज्य सरकारको सम्बन्धित कर्तृपक्षहरूसित कुराकानी गर्नेछु' तामङले भनेका छन् । 

'जसरी आदिकवि भानुभक्तले नेपाली भाषालाई शुद्ध अनि परिमार्जित बनाएर समग्र नेपालीभाषीलाई अनुग्रहित तुल्याए त्यसैको सम्मानमा उनलाई नेपालीहरूको आदिकविको उपाधिले सम्ममान गरियो। त्यसरी नै भारतीय गोर्खाहरूमा जातीयता, राष्ट्रियता अनि चिह्नारीको बीजारोपण कवि अगमसिहं गिरीले गरेका हुन्। यसैले भारतीय गोर्खाहरूको उनी जातीय कवि हुन्। आदिकवि भानुभक्तलाई जतिकै सम्मान जातीय कवि अगमसिहं गिरीलाई पनि प्रदान गर्नुपर्छ। भारतीय गोर्खाहरूले कवि गिरीलाई आफ्नो भावना अनि चेतना दुवैले सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ' विनय तामङले भनेका छन् । 

यसक्रममा उनले जातीय चेतना, चिह्नारी अनि उन्मुक्तिको दिशामा युगकवि अगमसिहं गिरीले दोहोराएको मार्गको हामी सदैव अनुसरण गर्नेछौं भन्दै उनको जन्म जयन्तीको पुण्य अवसरमा प्रतिबद्धता पनि जाहेर गर्दछौ भनेका छन् । 


No comments:

Post a Comment

Post Bottom Ad