मनोकामना संघले पालन गऱ्यो 25औं स्थापना दिवस; सिक्किमेली समाजमा योगदान दिेनेहरूलाई गऱ्यो अभिनन्दन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 25, 2019

मनोकामना संघले पालन गऱ्यो 25औं स्थापना दिवस; सिक्किमेली समाजमा योगदान दिेनेहरूलाई गऱ्यो अभिनन्दन

गफसफ.com, गान्तोक, 25 डिसम्बर। सिक्किमको राजधानी गान्तोक नजिक रहेर पनि कतिपय आधुनिक सुविधा र पूर्वाधारबाट बञ्चित अप्पर सियारीको लगमथाङ गाउँले आफ्नो स्थापनाको 25 औँ वर्षगाँठ अथवा रजत जयन्तीको अवसरमा विभिन्न रङ्गारङ कार्यक्रम गर्दै गाउँले जीवनको स्वाद सबैलाई चखाए। 

1994 मा स्थापित गरिएको संघले तत्कालिन सिक्किमे समाजमा एउटा सामाजिक संगठनको आवश्यकतालाई परिपुर्ती मात्र नगरेर आफ्नो 25 वर्षिय यात्राक्रममा समाज निर्माणको विभिन्न पहलुहरूलाई सकरात्म्क र सफलतापूर्वक सम्बोधन गर्दै आएको उदाहरण 25 वर्षपछि संघले तयार पारेको युवा दस्ताले आयोजन गरेको गाउँले उत्सवले प्रामाणित गरेको छ।

रजत जयन्ती कार्यक्मको अवसरमा तीन दिवसीय गाउँले उत्सव आयोजन गरिएको थियो। जहाँ स्थानीय रैथानेहरूले आफ्नो परम्परागत लोक खाद्य उत्सव, लोक कला संस्कृति, लोक संगीतलाई उत्सवको आकर्षणको केन्द्र पारेका थिए। लोक खेलकुदले पनि किशोर किशोरी, युवी तथा वरिष्ठ नागरिकहरूको ध्यान आकर्षण गराएको थियो। डाँफे कल्चरल एक्सचेञ्ज एण्ड इन्फर्मेशन सेन्टर, सिक्किम र वुनन्स वर्ल्ड पिस फेडेरेशऩ इण़्डियाको सहयोगी साथ रहेको यो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका संयोजक भक्ति सुब्बाले दिएको जानकारी अनुसार गाउँले उत्सव 2019 को मुख्य लक्ष्य 25 वर्षदेखि समाजमा विभिन्न सुख दुःखको कार्यहरूमा समर्पित भएर कार्य गरिरहेको संघले आफूले गरेको अहिलेसम्मको कार्यको लेखाजोखा गर्ने तथा गाउँ निर्माणको दिशामा अझ बलियो पदक्षेपहरू अघि बढाउने उद्देश्य पनि यो कार्यक्रमले सफल भएको बताए। उनले तीन दिवसीय कार्यक्रममा विभिन्न स्तरबाट प्रत्यक्ष र अप्रत्यक्ष सहोयग दिने अन्य छिमेकी संघ संस्था र व्यक्तिगत रूपमा सहयोग गर्नेहरूको सहयोगी साथहरूको निम्ति आभार प्रकट गरेका छन्। 

समापन समारोहमा पूर्वार्धको कार्यक्रममा मुख्यअतिथिको रूपमा सियारी निर्वाचन क्षेत्रका एसडीएफ प्रभारी कर्मा वाङ्गदी भोटिया रहेका थिए। उनले आफ्ने संक्षिप्त सम्बोधनमा मनोकामना संघले अहिलेसम्म गर्दै आएको कार्यहरूको सराहना गरे। यसैगरि उनले यो उत्सव राखेर संघको कार्य कौशलताको परिचय पनि दिएको दाबी गर्दै भावि कार्यहरूको निम्ति शुभकामना व्यक्त गरे। यसै गरि साँझको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम एंव अभिनन्दन समारोहमा मुख्य अतिथिको रूपमा सत्तारूढ एसकेएम पार्टीका सियारी निर्वाचन क्षेत्रका नेता छेवाङ नर्बु भोटिया मु्ख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा आफ्नो कुरा राख्दै समाजले गरिररहेको कार्य सराहनीय रहेको अनि यहाँ अझै धेरै योजना बद्ध रूपमा कार्यहरू गरिनुपर्ने अनि विशेष रूपमा शिक्षाको क्षेत्रमा कार्य गर्दै स्पेशल कोचिङ क्लासको सञ्चालनको दिशामा पहल गर्नुपर्ने बताए। 

यसैगरि उनले आफू समाजको सबै कुरामा सहयोगीको रूपमा रहने पनि बताए। कार्यक्रममा स्यारी क्षेत्रबाट स्थानीय र राज्य स्तरमा विभिन्न प्रकारको कार्यमार्फत गाउँको नाम गौरवन्वित गर्ने तथा समाजमा योगदान दिइरहेका व्यक्तित्वहरूलाई संघले अभिनन्दन जनायो।

जसमा साहित्यकार तथा पत्रकार प्रवीण खालिङ, सरकारी अधिकारी बुद्धिमान तामाङ,सिने निर्माता तथा निर्देशक नन्दु कोइराला, युवा चित्रकार बुद्धिकुमार सुब्बा, सोसियल मिडिया युवा पत्रकारर सुकराज एरोन राईलाई अभिनन्दन गरियो। मुख्य अतिथि र विशिष्ठ अतिथिको बाहुलीबाट अभिनन्दन पत्र प्रदान गरियो। संघका संस्थापक अध्यक्ष मनबहादुर राईले आफूहरूले 25 वर्ष अघि संघ गठन गर्नुको पछि तत्कालिन सामाजिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको अनि अहिलेसम्मको यात्रामा योपालीको रजत जयन्ती समारोहसम्म आयोजन गर्नसक्ने अवस्था आइपुग्नु ठूलो विषय रहेको बताए। उनले तत्कालिन समयमा समाजको रहेको हरेक क्षेत्रको कमी र आवश्यकताले गाउँलेहरूलाई एकजुट गर्न र विभिन्न कार्यहरूमा सहयोगको निम्ति संघ गठन गरिएको बताए। 

अहिलेसम्मको यात्रामा भारत सरकारका विभिन्न निकायबाट पनि सहयोग र सुझाउहरू प्राप्त गरेको जुन संघको दीर्घकालदेखिको स्थायीत्वलाई बचाइराख्न सक्षम भएको बताए। यसैगरि संघले तीन दिवसीय गाउँले उत्सव भारत सरकारको स्वच्छ भारत अभियानलाई अनि सिक्किमको जैविक अभियानलाई ध्यानमा राखेर गरिएको बताए। यहाँ सबै उत्पाद , खानपान र पसलहरूमा पर्यावरणमैत्री सामन र जैविक कुरालाई प्रयोगमा ल्याइएको बताए। जसमा पातको टपरा, ठहर, तोङ्बा, बाँसकै चिया र मदिरा पिउने मग र पर्यावरण मैत्री सरसमान प्रयोग गरेर राज्य र देशलाई पनि सन्देश दिने कार्य गरेको बताए। समापन कार्यक्रममा विभिन्न संघ संस्थाका कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने छिप्पिँदो रातमा डिजे नाइटको पनि व्यवस्था गरिको थियो। समापन कार्यक्रममा सहयोगी विभिन्न संघ संस्थालाई आभार पत्र प्रदान गरिएको थियो भने विभिन्न प्रतियोगिता र साँस्कृतिक कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने लटरीको परिणाम पनि घोषणा गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad