जाति उन्मुक्ति अनि भाषा आन्दोलनका कर्मठ संग्रामी अमर शहीद सुदर्शन शर्मा ज्यूलाई हार्दिक श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 21, 2019

जाति उन्मुक्ति अनि भाषा आन्दोलनका कर्मठ संग्रामी अमर शहीद सुदर्शन शर्मा ज्यूलाई हार्दिक श्रद्धाञ्जली

     विचार ________________________________________ किरण बि के    
२७ वर्ष पुर्व आजकै दिन जाति उन्मुक्तिको आन्दोलनमा लागिपरेका अनि भाषा आन्दोलनलाई अग्रिम पंक्तिमा रहेर नेतृत्व दिने गोर्खा नेता श्री सुदर्शन शर्मा ज्यूको दार्जीलिङ शहरमा निर्मम हत्या भएको थियो। उनले आफ्नो सम्पूर्ण जीवन जाति उत्थानको निम्ति नै संघर्ष गरे अनि अन्तमा गोर्खा भूमिलाई आफ्नो पवित्र रगतले शुद्धि गरेर गए। जाति उत्थानको निम्ति यसरी संघर्ष गर्ने प्रेरणा उनले आफ्नै बाबु श्री हरिप्रसाद शर्मा बाटनै पाएका थिए। हरिप्रसाद शर्मा ज्यू त्यस ताक हरि बाजेको नामले प्रचलित थिए भने उनी पहिले राष्ट्रीय कांग्रेस पार्टीमा रहेरकार्य गरे फेरि पछि अखिल भारतीय गोर्खा लिगमा रहेर गोर्खाहरुको छुट्टै प्रशासनिक व्यवस्थाको निम्ति संघर्षरत रहेका थिए। उनी एक जुझारु प्रवित्तिका जातिय सचेतक थिए।
भारत स्वतन्त्र भएकै वर्ष १९४७ सालको नोभेम्बर १५ तारीखको दिन स्वतन्त्र भारतमा पहिलो चोटी गोर्खे संस्कृतिको उजागर हेतु दार्जीलिङमा देउसी टोली लिएर तिहार मनाउन निस्केका थिए। त्यस बखत अन्य जाति समुदायका कसैले "देउसी खेल्नु नेपाल जा" भन्ने कुरो गरे पछि आफ्नो संस्कृतिको रक्षार्थ जुझ्न पुगेका थिए, उक्त कुरोले निकै तुल पक्रिए पछि उनलाई जेल समेत भएको थियो। उनको बन्धी अवधिमा नै उनको छोरो सुदर्शन शर्मा ज्यूको जन्म भएको थियो। आफ्नो छात्रकाल देखि नै उनले  अघिल्लो पुस्ताले थालेको संघर्षलाई जारी राखेका थिए। छात्र अवस्थामा उनलाई साथीहरु क्रान्ति शर्माको नामले पनि बोलाउने गर्थे।
पछि गएर उनी राजनैतिक पार्टीमा सक्रिय भए। उनले अखिल भारतीय गोर्खा लिगमा प्रमुख भूमिकामा रहेर गोर्खाहरुको छुट्टै प्रशासनिक व्यवस्थाको निम्ति संघर्षरत रहे। भाषा आन्दोलनको संघर्षमा उनी अग्रिम पंक्तिमा रहेर नेतृत्वको भुमिका निर्वाह गरेका थिए। आफ्नो जीवनकालको पूर्ण ऊर्जा लगाएर उनले भाषाको आन्दोलनलाई सघाए अनि अन्तमा 1992मा भाषालेमान्यता पायो, भारत वर्ष भित्र गोर्खाहरुको एतिहासिक विजय पछि संघर्षमा विराम लाग्यो। चारै तिर हर्षोल्लासको माहोल थियो सम्पूर्ण गोर्खाहरु विजयको उत्सव मनाइरहेका थिए तर उक्त संग्रामका संग्रमि सुदर्शन शर्मा ज्यू भने आफ्नैहरुको षडयन्त्रको शिकार भएका थिए भने भाषामान्यताको 3 महिना पनि नबित्दैउनको निर्मम हत्या भएको थियो। यसरी उनले जाति उत्थानमा आफ्नो पूर्ण योगदान दिएर पनि अन्तमा शहीद बनेका थिए।
उपरोक्त दुई पुस्ताले दिलोज्यानले संघर्ष गरे पनि हाम्रो मुलमुद्दाको सवाल भने जहाँको तहीँ रह्यो। वर्तमानमा फेरि उनको पुत्री श्रीमती अञ्जनी शर्मा त्यहीं जाति उन्मुक्तिको संघर्षमा सक्रिय रूपले लागिपरेकी छिन्। पछिल्लो दुई पुस्ताले छोडेर गएको जिम्मेदारी आफ्नो काँधमा लिएर उनी मैदानमा छिन्। आजको दिन शहीद सुदर्शन शर्मा ज्यूलाई सम्पूर्ण गोर्खाहरुको तर्फ बाट साँचो श्रद्धाञ्जली अर्पण गर्दछौं। अनि यो अवसरमा आज हाम्रो अघि एउटा ठूलो प्रश्न चिन्ह खडा भएको हामी महसुस गर्दछौँ। यस्ता हाम्रा जातिय संघर्षका हजारौं शहीदहरुको अधुरो सपनालाई पुस्ता दर पुस्ता अघि बढाउँदै लागिरहेका छौ तर परिस्थिति अझ विकराल बन्दै गइरहेको छ। के यो तेस्रो पुस्ताले पनि यो जिम्मेदारी अघिल्लो पिडीलाई छोडेर जाने हो? वा अघिल्लो पीडीको निम्ति सुन्दर भविष्यको निर्माण गरेर जाने हो? प्रश्न जटिल छ अनि उसको उत्तर भविष्यको गर्वमा नै लुकेको छ।
अब शहीद सुदर्शन शर्मा ज्यू जस्तै आफ्नो सर्वस्व गुमाएर जाति उन्मुक्तिको निम्ति संघर्ष गर्ने हाम्रा पछिल्ला पुस्ताका तमाम शहीद र संग्रामीहरुलाई साँचो श्रद्धाञ्जली अर्पण गर्न हेतु हामी अघि आउनै पर्छ अनि उनीहरूको सपनालाई साकार गरेर उनीहरूलाई श्रद्धाञ्जली चढाउन नै पर्छ।

No comments:

Post a Comment

Post Bottom Ad