सांसद राजु विष्टले असममा गलत एनआरसी प्रक्रियाको बोझ गोर्खाहरूले बोक्न परेको भन्दै ‘एसटी’-को मान्यता दिनुपर्ने संसदमा उठाए आवाज - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 29, 2019

सांसद राजु विष्टले असममा गलत एनआरसी प्रक्रियाको बोझ गोर्खाहरूले बोक्न परेको भन्दै ‘एसटी’-को मान्यता दिनुपर्ने संसदमा उठाए आवाज

गफसफ.com, कालेबुङ, 29 नोभेम्बर ।
भाजपा सांसद राजु विष्टले आज संसदको शुन्यकालमा असममा गोर्खा समुदायका मानिसहरूले भोग्न परेको समस्याको मुद्दा उठान गरेका छन्। यसैक्रममा उनले संसदमा गोर्खा समुदाका छुटेका जात गोष्ठिलाई जनजातिको मान्यता दिनुपर्ने माग समेत गरेका छन्।

‘असममा भर्खरै एनआरसीको जुन कार्य भयो त्यसमा गोर्खा समुदायका धेरै मानिसहरूको नाम छुट्न गएको छ। जसको कारण उनीहरूले धेरै समस्याको सामना गर्न परिरहेका छन्। गोर्खाहरूले राष्ट्र निर्माणको निम्ति महान् योगदान दिएका छन्। यद्यपी आसमको एनआरसी प्रक्रिया अन्तर्गत धेरैको सम्बन्ध स्वतन्त्रता सेनानी, साहित्यकारा अनि सैनिकहरूसँग थियो, उनीहरूको नाम पनि छुटेका छन्’ सांसद राजु विष्टले संसदको शुन्यकालमा सम्बोधन गर्दै भने।
यसक्रममा उनले गोर्खाहरूको राष्ट्र निर्माणमा योगदान अतुलनीय रहेको भन्दै ‘गोर्खाहरू माथि आसम एनआरसीको जस्तो गलत प्रक्रियाको बोझ हाल्नु हुनेथिएन’ भनेका छन्। उनले आसममा भएको एनआरसीलाई गलत प्रक्रिया भन्दै गोर्खाहरूले दिएको योगदानलाई प्रधानमन्त्री नरेन्द्र मोदी समेतले धेरैपल्ट गुणगान गाएको भन्दै ‘गोर्खाहरूले दिएको देशभक्तिको बलिदानप्रति सदन पूर्णरूपले परिचित छ’ समेत भने।
‘आसमको उक्त एनआरसी प्रक्रियाले धेरै गोर्खा स्वतन्त्रता सेनानीको बलिदानलाई समेत प्रश्न चिन्ह खडा गरिदिएको छ। जस्तै आसमको छबिलाल उपाध्यय, दार्जीलिङको पुष्प कुमार घिसिङ, सिक्किमको हेलेन लेप्चा, कालेबुङको दलबहादुर गिरी, मणिपुरको सुबेदार निरञ्जन छेत्री, हिमाचलका कप्तान रामसिंह ठकुरी,  उत्तरखण्डका मेजर दुर्गा मल्ल, जसको प्रतिमा संसदभवन अघि स्थापित समेत गरिएको छ। यसका साथै दार्जीलिङका स्व. डम्बरसिंह गुरुङ अनि स्व. अडिबहादुर गुरुङ जो संविधानसभाका सदस्य समेत थिए अनि जसले हाम्रो संविधान स्थापित गर्नमा महत्वपूर्ण  योगदान दिएका छन्’ सांसद राजु विष्टले भने।
यसैको बहनामा उनले देशभक्त गोर्खाहरूलाई  जनजातिको मान्यता दिएर पक्का रैथाने जातिको मान्यता दिनुपर्ने माग समेत गरेका छन्। ‘देशभक्ता गोर्खाहरूलाई एसटीको मान्यता दियाजाओस् जसले उनीहरूलाई ओरिजिनल इन्हेभिडेन्टको मान्यता प्रदान गरेर संरक्षण गरियोस्’ सांसद राजु विष्टले भने।

No comments:

Post a Comment

Post Bottom Ad