कालेबुङमा पुन: आगलागी; सडकमा वाहन पार्किङले दमकल गुड्न समस्यामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 28, 2019

कालेबुङमा पुन: आगलागी; सडकमा वाहन पार्किङले दमकल गुड्न समस्यामा

पुलिसले बाटोमा गाडी पार्किङ गर्नेहरूलाई कानुनी कार्वाही गर्ने
गफसफ.com, कालेबुङ, 28 नोभेम्बर । 
कालेबुङमा आज पुन अर्को आगलागिको घटना भएको छ। यद्यपि गाउँवासी अनि अग्निसमन विभागको तत्परतामा ठूलो नोक्सानी हुनबाट भने जोगिएको छ। घटना अनुसार आज बेलुकी लगभग 6.15 बजितिर त्रिपाइस्थित रनबहादुर राईको घरमा आगलागी भएको थियो। आगलागीको थाह पाउनसाथ गाउँलेहरूले सहयोग गरेपछि आगोलाई चाँढै नियन्त्रण गर्न सकिएको थियो।
प्राप्त जानकारी अनुसार रनबहादुर राईको घरमा स्थानीय मानिसहरूले आगलागी भएको देखेका थिए। त्यसपछि सबैले हल्ला मच्चाएर सबै स्थानीय गाउँवासीहरूले आगोलाई निभाउने कार्य गरेका थिए। घटनास्थलमा अग्निशमन विभागले रहल कार्य पूरा गरेपछी राईको घर पुर्णरुपमा क्षतिग्रस्त हुनबाट जोगिएको छ।
घटनामा के कति क्षति भयो त्यसबारे स्पष्ट नभए तापनी गाउँवासी अनि अग्निसमन विभागको तत्परताले व्यापक क्षति हुनबाट राई परिवार जोगिएको छ। अर्कोतिर घटनास्थलमा पुगेका ट्राफिक प्रभारी सुरज लामाले त्रिपाई जाने सडकको किनारमा पार्किङ गरिएका वाहनहरुमाथी कार्यवाही गर्ने चेतावनी दिएका छन्। उसै पनि उक्त सडक साघुरो रहेको अनि आपतकालीन समयमा जताभावी पार्किङ गरिएका वाहनहरुले थप समस्या उत्पन्न गराउने भएको कारण नै आफुले उक्त निर्णय लिएको पनि उनले बताएका छन्।
हालमा मानिसहरूले आफ्ना वाहनलाई मनपरी सडकमा पार्किङ गरेर राख्ने गरेका छन्। जसको कारण सडकमा जामको समस्या पनि बडीरहेको छ भने यसरी अचानक कुनै ठाउँमा दमकल जाँदा धेरै असुविधा झेल्न परिरहेको छ। आफ्नो घर अघाडी मानिसहरूले गाडी पार्किङ गरेर राखेको कारण यसरी समस्या बडीरहेको भन्दै अब उसो आफ्नो घर अघाडीमा बाटोमा गाडी पार्किङ गरेर राख्नेहरूलाई कानुनी कार्वाही गर्ने ट्राफिक पुलिस अधिकारी सुरज लामाले स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad