कालेबुङको पेदोङमा एक महिलाको हत्या; हत्यापछि पेदोङ हत्याराहरूका निम्ति सुरक्षित स्थान बन्दैछ त ! भन्ने प्रश्न खडा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 30, 2019

कालेबुङको पेदोङमा एक महिलाको हत्या; हत्यापछि पेदोङ हत्याराहरूका निम्ति सुरक्षित स्थान बन्दैछ त ! भन्ने प्रश्न खडा

गफसफ.com, कालेबुङ, 30 नोभेम्बर।
कालेबुङ जिल्लाको पेदोङमा एक महिलाको हत्या भएको छ। प्राप्त जानकारी अनुसार पेदोङ 20 माइल देउराली निवासी चन्द्रमाया गुरुङ (53) को हत्या उनकै घरमा भएको छ। उक्त हत्या रातीको समय भएको आशंका गरिएको छ भने हत्याबारे अहिलेसम्म कुनै सुइँको लाग्न सकेको छैन। पुलिसले उक्त हत्याकाण्डबारे पत्तो लगाउन जाँच आरम्भ गरेको थाहा लागेको छ। जसको निम्ति डग स्क्वाइड टोलि समेत हत्यार पत्तो लगाउन जलपाईगडीबाट आइपुगेका छन्।

वृद्ध पितासँग बस्दै आएकी मृतक चन्द्रमाया गुरुङलाई अञ्जान व्यक्तिले धारिलो हतियार प्रहार गरिएको थियो। उनको शवलाई पिताले बिहान रक्ताम्मे अवस्थामा घरकै दैलो नजिक लडीरहेको देखेपछि चारैतिर हल्ला फैलिएको थियो। उनलाई दैलो बाहिरबाट हतियारले प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ। किनभने दैलोमा लगाइएको पर्दा समेत हतियारको प्रहारले काटिएको निशान रहेको छ। घट्नाबारे सबैतिर हल्ला फैलिएपछि घट्ना स्थलमा पुलिस बल पुगेर शवलाई आफ्नो अधिनमा लिएको छ भने सिलगडीबाट डग स्क्वाइड टोलि समेत आइपुगेको छ।
उक्त घटनापछि कालेबुङकै गितडाब्लिङमा बस्दै आइरहेका सौतेलो छोरा सुर्य गुरुङले घटनाको उचित छानबिन हुनुपर्ने अनि दोषीलाई पक्राउ गरेर उचित सजाय दिनुपर्ने माग गरेका छन्।
अर्कोतिर कालेबुङ थाना प्रभारी अनिन्द भट्टाचार्यले हत्या चोरीको उद्देश्यले नभएर अन्य कारणले नै गरिएको हुनसक्ने आशङ्का रहेको बताएका छन्। यद्यपि घटनाको पुर्ण जानकारी पछिबाट मात्र थाह हुने पनि उनले बताएका छन्।

कालेबुङ जिल्लाको पेदोङमा आज भएको हत्याकाण्डले एकातिर पुलिस प्रशासनको निश्क्रियताको पोल खोलिदिएको छ भने अर्कोतर्फ पेदोङ हत्याराहरूको सुरक्षित स्थान बन्दैछ? भन्ने गम्भीर प्रश्न समेत खडा गरिदिएको छ। किन भने अहिलेसम्म पेदोङ क्षेत्रमा भएको चर्चित हत्याकाण्डहरूको पुलिसले हत्यारा पक्राऊ गरेर साधारण जनतामाथी भरोसा दिलाउन सकिरहेको छैन।

अहिलेसम्म पेदोङमा भएको चर्चित हत्याकाण्डहरू मध्ये 15 अगस्त 2011 का दिन भएको जीना प्रधान हत्याकाण्ड हो। जीन प्रधान हत्याकाण्डमा पनि पुलिसले अहिलेसम्म एकैजना हत्यारा समेत पक्राऊ गर्न सकेन। त्यसपछि 17 अगस्त 2018 मा शेर्पा दम्पती फुर्तेम्बा शेर्पा (पति) अनि कुसुम शेर्पा (पत्नी) को हत्या भएको हो। हत्याकाण्डको पत्तो लगाउन सीआईडी समेतले जाँच गरेपनि अहिलेसम्म हत्यारालाई पुलिसले पक्राउ गर्न सकेन। त्यसपछि आज पुन: चन्द्रमायाको हत्याकाण्डले हत्यारालाई पुलिसले पक्राऊ गर्न सक्ला के भन्ने प्रश्न खडा भएको छ।


No comments:

Post a Comment

Post Bottom Ad