सांसद राजु विष्टले भेटे केन्द्रिय सडक एवम् परिवहन मन्त्री नितिन गडकरी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 22, 2019

सांसद राजु विष्टले भेटे केन्द्रिय सडक एवम् परिवहन मन्त्री नितिन गडकरी

गफसफ.com, कालेबुङ, 22 नोभेम्बर ।
भाजपा सांसद राजु विष्टले केन्द्रिय सडक परिवहन अनि राष्ट्रिय राजमार्ग विभागीय मन्त्री नितिन्न गडकरीसँग भेटघाट गरेका छन्। यसक्रममा उनले दार्जीलिङ पहाड लगायत तराई-डुवर्स क्षेत्रको राष्ट्रिय राजमार्गहरूको विषयमा कुराकानी गरेर मन्त्रीलाई अवगत गराएको एक प्रेस बिज्ञप्ती जारी गरि जानकारी दिएका छन्।

‘नितिन गडकरी ज्युलाई भेट गरेर मैले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत मतिगडादेखि दार्जीलिङ मोडसम्म फोरलेन सडक निर्माण गर्नुपर्ने माग राखेको छु। जुन कार्य गर्न राज्य सरकार असफल रहेको छ’ सांसद विष्टले भनेका छन्। उनले यसक्रममा प्रदेश सरकार क्षेत्रका मानिसहरूको समस्यालाई सरोकार नठानेको आरोप लगाउँदै राष्ट्रिय राजमार्गलाई उचित व्यवस्थापन अनि विकास गर्नका निम्ति उक्त सडकमार्गको जिम्मेवारी राज्यको पीडल्ब्ल्युडी हाईवे डिभिजनबाट हटाएर नेशनल हाईवे अथोरिटी अफ् ईण्डिया अन्तरगत नै ल्याउनुपर्ने माग गरेको पनि बताएका छन्।
उक्त भेटघाटको क्रममा केन्द्रिय मन्त्री नितिन गडकरीले आफुलाई यसबारे उचित पदक्षेप ग्रहण गर्दै उचित कार्वाही गर्ने आश्वान दिएको बताएका छन्। उक्त भेटघाटको क्रममा उनले मन्त्री गडकरीलाई बालासन-धोत्रे-घुम हुँदै सिलगडी अनि दार्जीलिङ जोडने बाटोको निर्माण, कालेबुङदेखि बाग्राकोट-गोरुबथान लाभा हुँदै सिलगडीसम्म पुग्ने सडकको निर्माण, सिलगडी नगरमा मतिगडा, फुलबारी अनि सालुगडा, देबीडाङ्गा, दार्जीलिङ मोड अनि मतिगडा हाटसम्म पुग्ने फोर लेन सडक निर्माणको माग पनि गरेको जानकारी दिएका छन्।
‘म क्षेत्रका मानिसहरूलाई व्यवस्थित यातायत सुविधासँगै गुणस्तरीय संसाधनको विकास र जीवन शैली दिनका निम्ति प्रतिबद्ध छु। यसकारण सबैलाई आफ्नो क्षेत्रलाई सुन्दर बनाउनका निम्ति सहयोग गरिदिने पनि अनुरोध गर्दछु’ सांसद राजु विष्टले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad