विनय-अनितहरूले बङ्गाल विधानसभाबाट गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर देखाओस्-बीपी बजगाईँ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 19, 2019

विनय-अनितहरूले बङ्गाल विधानसभाबाट गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर देखाओस्-बीपी बजगाईँ

गफसफ.com, सिलगढी, 19 नोभेम्बर ।
भाजपा सांसद राजु विष्टले संसदको शीतकालिन सत्रमा स्थायी राजनैतिक समाधानको मुद्दा उठाएपछ एकातिर गोजमुमो विनय गुटहरूले गोर्खाल्याण्डको आवाज नउठाएको दाबी गरिरहेका छन् भने अर्कोतर्फ गोजमुमो विमल गुटले सांसद राजु विष्टलाई धन्यवाद दिरहेका छन्। यसैक्रममा गोजमुमो विमल गुटका प्रवक्ता बीपी बजगाईले सांसद राजु विष्टले संसदमा स्थायी राजनैतिक समाधानको मुद्दा उठाएकोमा आभार प्रकट गर्दै उनको कार्यलाई सही नठान्ने बिनय तामङहरूले उल्टै पश्चिम बङ्गालको बिधानसभामा गोर्खाल्याण्डको प्रस्ताव पहिला पारित गर्नु भनि चुनौति दिएका छन्।
‘दार्जीलङ पहाडमा राजनैतिक नौटङ्की देखाउनेहरूको कारणले भने यहाँको जनतामा भ्रम फैल्याउने काम हुँदैछ| संसद सत्र शुरु हुन अघि बिनोय तामाङहरूले उनीहरू आफैले राजनैतिक रूपले तुहाउने कोशिष गरेको गोर्खाल्याण्डको माग गर्नु, गोर्खाल्याण्ड सम्बन्धमा पत्राचार गर्ने वक्तव्य दिनु जस्ता कुराहरू आफैमा हास्यास्पद, राजनैतिक बौलाहापन हो’ गोजमुमो विमल गुटका प्रवक्ता बीपी बजगाईँले भनेका छन्।
यसक्रममा उनले सांसद राजु विष्टलेआफ्नो जिम्मेवारी निभाएको भन्दै विनय तामङहरूलाई होम वर्क समेत दिएका छन्। ‘सांसद राजुले त सदनमा गर्नु पर्ने आफ्नो जिम्मेवारी निभाउँदैछन्| अब हामी बिनोय-अनित अनि शान्ताहरूलाई होमवर्क दिन्छौं’ बीपी बजगाईँले होमवर्क दिँदै भनेका छन्।
१. राज्यसभा सांसद शान्ता छेत्रीले पनि राज्यसभामा गोर्खाल्याण्डको मुद्दा उठाएर देखाउनु|
२. बिनोय-अनितहरूले मुख्यमन्त्री ममता बेनर्जीलाई भनेर बङ्गाल विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्न लगाएर केन्द्रलाई पठाउन लगाउनु| प्रस्ताव केन्द्रमा पुगेपछि केन्द्रलाई भनेर त्यसलाई तत्काल लागु गराउने जिम्मेवारी हामी लिन्छौं|
३. यदि बिनोय-अनितहरूले गोर्खाको हीतमा राजनीति गरेको हो भने जसरी हामीले तराई र डुवर्सलाई लिएर स्थायी राजनैतिक समाधान माग्दैछौँ, त्यसरी नै तराई र डुवर्सको जनताको आकांक्षालाई लिएर अघि बढ्नु, केवल पहाडको बिकासको राग अलापेर उत्तर बंगालको गोर्खाको हीत हुँदैन भनेर बुझ्नु|
४. बिनोय-अनितहरूले साँच्चै गोर्खाल्याण्ड चाहन्छौ भने बंगभंग होबेना भन्ने तृणमूल सरकारको विरुद्ध आफ्नो आफ्नो राजनैतिक अभियान शुरु गरेर देखाउनु, तर त्यही तृणमूल पार्टीको पुच्छर भएर गोर्खाल्याण्ड जस्तो पवित्र शब्दलाई उच्चारण गरेर अपवित्र नबनाउनु|
५. मुख्यमन्त्री ममता बेनर्जीले जनवरी २०१९ मा चौरस्ताको भाषणमा भनेको गोर्खाको जातिय पहिचान अनि राजनैतिक सुरक्षाको समाधानको अर्थ के हो अनि अहिलेसम्म किन दिन सकेको छैन भनेर नवन्न्मा सोधेर जनतालाई उत्तर दिनु|
६. सांसद राजु बिष्टले मई २०१९ मा भनेको पुरा गरेन भनेर बाटो छेक्ने अनि आक्रमण गर्नेहरूले ममता ब्यानर्जीले जनवरी २०१९ मा भनेको नपुरयाएपनि प्रश्न नगरेर स्वागत गर्ने २ नम्बर मोर्चाको चरित्र के हो जनतालाई बुझाउनु|
७. अब मुख्यमन्त्रीको निकटमा रहेको बिनोय-अनित-शान्ताहरूले बताउनु कि बंगालले गोर्खाल्याण्डको प्रस्ताव कहिले ग्रहण गर्छ|
८. सांसद राजु बिष्टले सदनमा उठाएका मुद्दाहरूले उनकै पार्टीको समेत समर्थन पाएन भनेर ठुकुवा गर्ने राज्यसभा सांसद शान्ता छेत्रीले आफैले चैं कहिले सदनमा गोर्खाल्याण्डको माग उठाउने हुन् भनि जनता जान्न चाहन्छन|
‘म यसै विज्ञप्तिमा यो पनि बताउन चाहन्छु कि संसद्को सदन कुनै भाँडा कुटीको खेल होइन| यसैले यहाँ जिरो आवरको पनि त्यति नै महत्व छ जति प्रश्नकालको छ| सांसद राजुले यो मुद्दा चौरस्तामा उठाएका होइनन्, सदनमा उठाएका हुन्| चौरस्तामा ममता बेनर्जीले बोल्दा ममता बेनर्जी भी दे सकती है गोर्खाल्याण्ड भनेर वक्तव्य दिने आलोकहरू भएको पार्टीका मान्छेहरूले सांसद राजुले सदनमा बोल्दा जिरो आवर भन्दै जनतामा भ्रम उत्पन्न गराउनु हास्यास्पद मात्र नभएर दुख्दायक कुरा पनि हो’ बीपा बजगाईँले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad