भाजपा सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष उठाए ‘पर्मनेन्ट पोलिटकल सल्युसन’-को मुद्दा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 27, 2019

भाजपा सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष उठाए ‘पर्मनेन्ट पोलिटकल सल्युसन’-को मुद्दा

गफसफ.com, कालेबुङ, 26 नोभेम्बर ।
भाजपा सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेका छन्। उक्त भेटघाटको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष दार्जीलिङ पहाड, तराई-डुवर्सका विभिन्न समस्याहरूबारे कुराकानी गरेको एक प्रेस विज्ञप्ती जारी गरेर बताएका छन्। सांसद विष्टले कुराकानीको क्रममा बङ्गालका मानिसहरूले भाजपालाई कति चाहन्छन् अनि उनीहरूले तृणमूल कङ्ग्रेसको दम नीति विरुद्ध आगामी 2021 मा के गर्नेछन् भन्ने कुराको समेत अवगत गराएको बताएका छन्।
‘मैले प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष संवेदनशील चिकन नेक विषयमा चर्चा परिचर्चा गरेर दार्जीलिङ पहाड, तराई-डुवर्सको भूभाग राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट कति महत्वपूर्ण छ भन्ने अवगत गराएँ। यसक्रममा दशकौँ देखि मानिसहरूले भोग्न परिरहेको भेदभाव नीतिबारे पनि जानकारी गराएको छु’ सांसद राजु विष्टले भनेका छन्। यसक्रममा उनले दीर्घ मियादी शान्तिको निम्ति संकल्प पत्रमा भाजपाले संकल्प अनुसार स्थायी राजनैतिक समाधान गर्नुपर्ने अनि 11 गोर्खा समुदायलाई जनजाति बनाउने मुद्दाबारे पनि स्मरण गराएको बताएका छन्।
उनले प्रधानमन्त्रीसँगको भेटघाटमा बहुसंख्यक मानिसहरूको जीवन यापन गर्ने साधन चिया अनि सिन्कोनासँग जोडिएको अनि अहिलेघरी चिया उद्योगको लगातार खसकन्दो अवस्थालाई पुनरुद्धारको आवश्यक्ता रहेको कुरा समेत अवगत गराएको बताएका छन्। यसक्रममा बनबासीको सुरक्षाको माग पनि प्रधानमन्त्री समक्ष गरेको उनले बताएका छन्।
सांसद विष्टले उक्त भेटघाटमा सिलगाढीलाई उत्तरपूर्वी भारतसँगै दक्षिण पूर्व एसियाको मुख्य प्रवेशद्वार रहेको कुरा अवगत गराएको बताउँदै यहाँको व्यापार, बाणिज्य र पर्यटनको सम्भाव्यतामाथि अवगत गराएको जानकारी गराएका छन्।
उक्त भेटघाटको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकन नेक क्षेत्रको स्थायी शान्तिको निम्ति सरकारले समान रूपले हेरिरहेको अनि समस्या समाधानको पक्षमा विचार गरिरहेको आश्वासन दिएको बताएका छन्। उक्त मुद्दाहरूलाई सांसद राजु विष्टले चाँढै गृहमन्त्री अमित शाहसँग पनि भेट गरेर उठाउने जानकारी गराएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad