तन्वी दासले गोर्खाहरू घुसपैठ हो भनेपछि चौतर्फी विरोध; अनित थापाले भने ‘तन्वी दासले आफ्नो बयान फिर्ता लिएर सम्पूर्ण गोर्खाहरू माफी माग्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 22, 2019

तन्वी दासले गोर्खाहरू घुसपैठ हो भनेपछि चौतर्फी विरोध; अनित थापाले भने ‘तन्वी दासले आफ्नो बयान फिर्ता लिएर सम्पूर्ण गोर्खाहरू माफी माग्नुपर्छ’

गफसफ.com, दार्जीलिङ, 21 अक्टोबर।
तृणमूल कङ्ग्रेस पार्टीप्रति वैचारिक समर्थन राख्ने राजनैतिक विश्लेषक मानिएकी तन्वी दासले एउटा टेलिभजनको डिबेट कार्यक्रममा गोर्खाहरूलाई घुसपैठ हो भनेपछि नयाँ विवाद सुरु भएको छ। उनले tv9भारतवर्ष नामक टेलिभिजनमा बोल्दै असमर राज्यमा लागु भएको एनआरसीको सन्दर्भमा बोल्दै गोर्खाहरू पनि घुसपैठी हुन् अनि उनीहरूलाई पनि निकाल्न पर्छ भन्ने विवादित बयान दिएकी छन्। जसको भिडियो अहिले विभिन्न सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ। तन्वी दासको उक्त विवादित वयान भएको भिडियो अघि आउनसाथै अहिलेघरी सबैले उक्त वयानको जोडतोडले विरोध गर्ने कार्य समेत आरम्भ गरेको छ। यस सन्दभमा जीटीए बोर्ड अध्यक्ष अनित थापाले पनि एक प्रेस विज्ञप्ती जारी गरेर जन्वी दासको वयानको विरोध गर्दै उनले माफी माग्नुपर्ने माग गरेका छन्।
‘हाम्रो जातिले देशको निम्ति विभिन्न विधामा बारम्बार प्रतिनिधित्व गर्दागर्दै आज हाम्रो जातिलाई अप्रवासीको दृष्टिबाट हेरिन्छ। हाम्रो जातिले देशको निम्ति यो गरेको छ त्यो गरेको छ भन्दाभन्दै अनि सबै समुदायले जान्दाजान्दै पनि हामीलाई अलग तरिकाले हेर्ने प्रथा भने विगतका धेरै दशकदेखि हामीले भोग्दै आइरहेका छौँ। यसैक्रममा आज मात्र एउटा न्युज च्यानलको बहसमा तन्वी दास नामक एक महिलाले `गोर्खाहरु यस भारतदेशका होइनन् यीनीहरुलाई भारतबाट बाहिर निकाल्नुपर्छ´ भन्ने तर्क गर्दैगरेको सामजिक सञ्जाल मार्फत देखापरेको छ जो हाम्रो गोर्खा जातिको निम्ति अत्यन्तै दुर्भाग्यपूर्ण हो। त्यसैले म ती महिलाको बयानको घोर बिरोध गर्न चाहन्छु साथै त्यस बयानको खण्डन गर्दछु। म तान्वी दासलाई एकपटक गोर्खाको इतिहास पल्टाएर हेर्ने सुझाव दिन चाहन्छु किनभने भारत यदि आज महान देश भारत भनिन्छ भने त्यस भारत हाम्रो गोर्खा जातिको एक एक थोपा रगतको बलिदानले बनिएको छ’ जीटीए बोर्ड अध्यक्ष एवम् गोजमुमो महासचिव अनित थापाले भनेका छन्।
यसक्रममा थापाले तन्वी दासले गोर्खाको विरुद्ध बयान दिएर आफुलाई प्रसिद्ध बनाउने प्रयास गरिरहेकी आरोप लगाउँदै ‘तन्वी दास तपाईँ यदि आज आफ्नो घरमा ढुक्कसँग सुत्न पाइरहनु भएको छ भने त्यसको श्रेय लाखौं गोर्खा जवानलाई जान्छ जो निरन्तर सिमानामा आफ्नो ज्यानको पर्वाह नगरीकन देशलाई सुरक्षित राख्नको निम्ति आफ्नो प्राणको बलिदान दिदै आइरहेका छन्’ भनेका छन्।।
अनित थापाले तन्वी दासको वयानको विरोध गर्दै उक्त बयान फिर्ता लिएर झट्टा गोर्खाहरू प्रति माफी माग्नुपर्ने माग समेत गरेका छन्। ‘तपाईँले शान्त बसेको पहाडलाई अशान्त बनाउने कोशिस नगरेर अनि झट्ट भन्दा झट्ट आफ्नो बयानलाई फिर्ता लिएर सम्पुर्ण गोर्खा समुदायलाई माफी मागेको हुनुपर्छ’-अनित थापाले भनेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad