सिक्किममा उपचुनाव शान्तिपूर्ण: मुख्यमन्त्री पीएस गोलेसहित 15 जना प्रार्थीहरू भाग्य ईभीएममा बन्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 21, 2019

सिक्किममा उपचुनाव शान्तिपूर्ण: मुख्यमन्त्री पीएस गोलेसहित 15 जना प्रार्थीहरू भाग्य ईभीएममा बन्द


गफसफ.com, गान्तोक, 21 अक्टोबर।
सिक्किम राज्यको तीनवटा विधानसभा आसनका निम्ति उपचुनाव आज सम्पन्न भयो। आज बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म सम्पन्न भएको तीनवटा आसनको उपचुनावमा सबैभन्दा अधिक मतदान दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रमा भएको छ भने सबैभन्द कम्ती मतदान राजधानी गान्तोक निर्वाचन क्षेत्रमा भएको छ। तीनवटा आसनहरू मध्ये गान्तोक निर्वाचन क्षेत्रमा केवल 51.57 प्रतिशत मतदान भएको छ भने मार्तम रूम्तेक निर्वाचन क्षेत्रमा 72.60 प्रतिशत अनि दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रमा 80.56 प्रतिशत मतदान सम्पन्न भएको छ।

तीनवटा निर्वाचन क्षेत्रहरूबाट मोठ 44 हजार 159 मतदाताहरू रहेका थिए जसमध्ये 21 हजार 745 महिला मतदाता अनि 22 हजार 144 पुरोष मतदाताहरू रहेका थिए। यस उपचुनावमा सर्वाधिक मार्तम-रूम्तेक निर्वाचन क्षेत्रमा 16 हजार 911 मतदाता रहेका थिए भने पोकलोक कामराङ निर्वाचन क्षेत्रमा 15 हजार 599 मतदाताहरू रहेका थिए। यसक्रममा गान्तोक निर्वाचन क्षेत्रमा 11 हजार 649 मतदाताहरू रहेका थिए।

आज सम्पन्न भएको उपचुनावमा सबैको ध्यान दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रमा अडेको थियो। जहाँ वर्तमान मुख्यमन्त्री पी.एस गोले चुनावी मैदानमा ओर्लिएका छन् अनि उनका निकटतम प्रतिद्वन्द्वी एसडीएफ पार्टीका युवा नेता मोजेस राई रहेका छन्। यसै निर्वाचन क्षेत्रबाट सिक्किम रिपब्ल्लिकन पार्टीका यदुकुमार राई चुनावी मैदानमा खडा भएका छन्।
आज सम्पन्न उपचुनावमा सत्तारूढ एसकेएम पार्टीले राष्ट्रिय सत्तारूढ पार्टी भाजपासङ गठबन्धन गरेर आसन बाँडेर चुनाव लडेको थियो। जसमा भाजपाले मार्तम-रूम्तेक अनि गान्तोक निर्वाचन क्षेत्रबाट प्रार्थी खडा गरेको थियो। यसक्रममा हाम्रो सिक्किम पार्टीका भाइचुङ भोटियाले पनि गान्तोक निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा आफ्नो भाग्य लेख्ने कोशिस गरेका छन्। तीन आसनमा सम्पन्न भएको विधानसभा उपचुनावमा मोठ 15 जना प्रार्थीहरू खडा भएका थिए भने उनीहरूको भाग्य ईभीएम मसिनमा बन्द भएको छ।  जसको परिणामा आगमी 24 अक्टोबरका दिन मतगणना पनि आउने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad