‘सहिदको यात्रा’ मार्फत् अमर सहिद पदमबहादुर श्रेष्ठलाई राजकीय सम्मानको साथमा असमका गोर्खाहरूले श्रद्धाञ्जली दिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 21, 2019

‘सहिदको यात्रा’ मार्फत् अमर सहिद पदमबहादुर श्रेष्ठलाई राजकीय सम्मानको साथमा असमका गोर्खाहरूले श्रद्धाञ्जली दिने

गफसफ.com, गुवाहटी-आसम, 21 अक्टोबर।
अमर सहिद पदम बहादुर श्रेष्ठको सम्मानमा असमका गोर्खाहरूले छिमेकी राज्य नागाल्याण्डको डिमापुर विमान स्थलदेखि दिघालिपथार गाउँसम्मको यात्र सहिदको शवसँगै गर्ने निर्णय गरेका छन्। अमर गोर्खा सहिद पदम बहादुर श्रेष्ठको शव छिमेकी राज्य नागाल्याण्डको डिमापुर विमान स्थलमा आइपुग्नसाथै असममा सम्पूर्ण गोर्खा सङ्गठनहरूले श्रद्धाञ्जली दिँदै उनको शवलाई राजकीय सम्मान दिँदै अघि बड्ने भएका छन्। यसैसन्दर्भमा आज अल आसम गोर्खा स्टुडेन्ट युनियन (आग्सु), भारतीय गोर्खा परिसंघ (भागोप), आसम गोर्खा सम्मेलन अनि नेपाली साहित्य सभाका प्रतिनिधीवर्ग शोकित सहिदका परिवार पक्षसँग भेटघाट गरेर यसबारे परिचर्चा समेत गरेका छन्। यसैक्रममा अनौपचारिक वैठकपछि उक्त यात्रालाई ‘सहिदको यात्रा’ नामकरण समेत गरिएको छ।

‘सहिदको यात्रा’ छिमेकी राज्य नागाल्याण्डको डिमापुर हवाई अड्डाबाट सुरु भए उनको घरसम्म पुग्नेछ भने पछि घरमा सम्पूर्ण गोर्खा संस्कृति अनुसार क्रिया सम्पन्न भएपछि उनको अन्तिम यात्रा निकालिनेछ। उक्त अन्तिम यात्रासम्म सहिदको यात्रा जारी रहने भएको छ। उनको शवलाई गोर्खा संस्कृति अनुसार क्रिया गरेपछि पुर्खौली ठाउँ दिघालीपथार हातीगुली गाउँमा दफन गरिने भएको छ।
हवलदार पदम बहादुर श्रेष्ट 3/9 गोर्खा राईफलमा सेवारत थिए अनि आफ्नो सेवामा तैनाथ रहेकै समय गत 19 अक्टोबरका दिन जम्मु काशिमिरको कुवापाडा स्थित ताङ्धार सेक्टरमा लाइन अफ् कन्ट्रोलमा पाकिस्तानी सिमाबाट चलेको गोलिबारीमा उनी सहिद बनेका हुन्। सहिद श्रेष्ठ भारतीय सेनामा अक्टोबर 2001 मा भर्ना भएका। पिता धनबहादुर श्रेष्ठ अनि मात्रा दिलकुमारी श्रेष्ठकी माइला छोरा हवलदार पदमबहादुर श्रेष्ठले आफ्नो छोरो गुमाउनुको पीँढा भएपनि देशको निम्ति सहिद बनेको कारण आफुहरूले गर्व अनुभव गरेको बताएका छन्।
भारतीय गोर्खा परिसंघ, युवा प्रभागका राष्ट्रिय सचिव नन्द किराती देवानले यसै सन्दर्भमा कुराकानी गर्दै भने –‘सर्वप्रथम भारतीय हुनुमा गर्व गर्छौँ अनि भारतीय गोर्खा परिसंघको पक्षबाट राष्ट्रकोसेवामा प्राणको आहुती दिने बीर सहिदप्रति सश्रद्धा श्रद्धाञ्जली अर्पण गर्दछौँ।’
‘सुरक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्णल पी. खोङ्साईले फोनमार्फत् सहिदको शव छिमेकी राज्य नागाल्याण्डको डीमापुर हवाई अड्डामा एयर ईन्डियाकोको विमानसङ्ख्या 709 मार्फत् 12:55 मा आइपुग्ने जानकारी दिएका छन्। उनले यसबारे पुष्टि गरेपछि सम्पूर्ण गोर्खाहरूले ‘सहिदको यात्रा’ नामकरण गरेर सहिद पदम बहादुर श्रेष्ठलाई राजकीय सम्मान दिँदै श्रद्धाञ्जली दिने निर्णय गरेका छौँ’ नन्द किराती देवानले थप भने। 
उनले डिमापुर विमान स्थलमामा गोर्खा नेतृत्ववर्गले सहिदको शवलाई स्वगत गरेपछि त्यसँगै नागल्याण्ड गेटसम्म र्‍याली निकालिने पनि जानकारी दिएका छन्। त्यसपछि आग्सुका सदस्यवर्गले कार्बीआङ्लङले स्वागत गरेर उक्त र्‍यालीलाई बोकाजन हुँदै चुङ्गाजनसम्म ल्याउने अनि गोलाघाट जिल्ला छात्र सङ्गठन, अवकाशप्राप्त सेनाका सङ्गठनसँगै साधरण जनताको सहभागीतामा सहिदको शवलाई अघि बडाइने बताएका छन्।
यता ‘सहिदको यात्रा’ विषयबारे आग्सु, गोलाघाट जिल्ला सचिव एवम् कार्यक्रमका संयोजक मेघराज सुनारले कार्यक्रमबारे जिल्ला प्रशासनलाई अघिबाटै सूचित गरेको बताउँदै जिल्ला प्रशासनबाट सकारात्मक आश्वासन पाएको बताएका छन्। ‘हामीले विभिन्न नेतृत्ववर्गलाई पनि ‘सहिदको यात्रा’ बारे जानकारी गराएका छौँ अनि यसमा धेरैले सहभागीत जनाउने जानकारी दिएका छन्’ मेघराज सुनारले भने।

No comments:

Post a Comment

Post Bottom Ad