तन्वी दासको गोर्खा विरोधी बयानमा विमल गुरुङको विरोध; भने-‘तन्वी दासले झट्टै गोर्खाहरूलाई माफी माग्नुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 24, 2019

तन्वी दासको गोर्खा विरोधी बयानमा विमल गुरुङको विरोध; भने-‘तन्वी दासले झट्टै गोर्खाहरूलाई माफी माग्नुपर्छ’

गफसफ.com, कालेबुङ, 24 अक्टोबर।
तन्वी दासले गोर्खाहरूलाई अनुप्रवेशकारी भन्दै गोर्खाहरूलाई देशबाटै खेद्नुपर्छ भन्ने विवादित वयानप्रति गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष एवम् वर्तमान भूमिगत नेता विमल गुरुङले एक भिडियो जारी गरेर जोडदार विरोध गरेका छन्। तन्वी दासको गोर्खाहरूलाई अभद्र शब्द प्रयोग गर्दै अनुप्रवेशकारी कसरी भन्यो भन्ने सन्दर्भमा आफ्नो स्पष्टिकरण दिनुपर्ने पनि उनले माग गरेका छन्। यसक्रममा उनले उक्त बयान तन्वी दासको नभए बङ्गालको उच्च पदमा बसेका व्यक्तिहरूको आदेशमा भएको हुनपर्ने पनि उनले शंका व्यक्त गरेका छन्।

‘गोर्खाहरूलाई साँचो बङ्गालीहरूले कहिल्यै विरोध गरेका छैनन् तर काँडेतारबाट छिरेकाहरूले मात्र यस्तो बयान दिन सक्छन्। काँडेतारबाट छिरेकाहरूले नै अरूलाई पनि आफुजस्तै ठान्ने गरेको कारण यस्तो बयान दिएका हुन्। यसकारण तन्वी दासले आफ्नो बयान झट्ट फिर्ता लिएर गोर्खा जातिप्रति माफी माग्नुपर्छ। होइन भने गोर्खाहरू कहाँ जानुपर्छ भन्ने स्पष्ट पार्नुपर्छ’ विमल गुरुङले भनेका छन्।
उनले गोर्खा जातिको भारतमा आफ्नो छुट्टै परिचय रहेको भन्दै आज गोर्खा जातिको परिचयलाई तन्वी दासले इतिहास नपढी आरोप लगाउनु ठिक होइन भनेका छन्। यसकारण नै गोर्खा जातिहरू बङ्गालमा परिचय नमिल्ने भएकै कारणहरू आफुहरूले गोर्खाल्याण्ड गठनको माग गरिरहेको अनि अहिले पनि आफुहरूले जातिको हितमा संघर्षरत रहेको पनि विमल गुरुङले भिडियो सन्देशमा बताएका छन्।
अर्कोतर्फ विमल गुरुङले कालेबुङ जिल्ला अधिनस्थ सिञ्जी क्षेत्रमा भाजपा सांसद राजु विष्टलाई एक कार्यक्रममा सहभागी बन्न जाँदा भएको आक्रमणको पनि जोडदार विरोध गरेका छन्। सिञ्जीको भक्तिमाया प्राथमिक पाठशाला सांसद कोषबाट बनिएको कारण उनी त्यहाँ सहभागी बन्न गएको भन्दै त्यहाँ उनलाई जुन तरिकाले आक्रमण गरिने कार्य भयो त्यसको घोर विरोध गर्दछौँ भनेका छन्। ‘मन्दिर खोलामा दुईचार जना कन्ट्र्याक्टरहरूले केटाहरूलाई मदपान खुवाएर विनय र अनितको निर्देशमा बाटो ढुकेर हाम्रो सांसद र उनका समर्थकहरूलाई मार्ने प्रयास गरेका थिए। यो अत्यन्त्यै नराम्रो कार्य हो। अनित र विनयको निर्देशमा जुन चलखेल भएको छ यो झट्टै बन्द हुनपर्छ। पहाडमा यस्तो अगणतान्त्रिक कार्य कहिले पनि भएको थिएर तर आज 86कै जस्तो माहोल बनाउने कार्य गर्दैछ। य झट्टै बन्द गर्नुपर्छ’ विमल गुरुङले भनेका छन्।
उनले विनय तामाङ र अनित थापाहरूले पहाडका जनतालाई नराम्रो बाटोमा धकेल्ने कार्य गरिरहेको भन्दै यहाँको समस्याहरूलाई सांसद राजु विष्टले अघि बडाइरहेको अवस्थामा उनैलाई पहाडमा पस्न नदिनु घोर निन्दनीय रहेको पनि विमल गुरुङले बताएका छन्। उनले जनताले चारलाख भन्दा अधिक भोटले जितेका सांसदलाई पहाडमा प्रवेश गर्न नदिनको साटो बरू उनीहरूले गोर्खा विरोधी वयान दिने तन्वी दासको विरोध गर्नुपर्ने पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad