एनआरसीको मुद्दा: नेताहरूको गाँड कोराकोर प्रवृत्ति र “मुखमा माड छैन पिधँमा घिउ” –को चरित्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 7, 2019

एनआरसीको मुद्दा: नेताहरूको गाँड कोराकोर प्रवृत्ति र “मुखमा माड छैन पिधँमा घिउ” –को चरित्र

       विचार/राजनीति________________________ सचिन चामलिङ राई    
एकार्काको गाँड़ कोराकोर गर्नु मात्र पहाड़े नेताहरूको काम होइन। बारम्बार दोहोरिरहेको जनसन्देश हो यो। सके मौन रहनू तर सकारात्मक काम गरिरहनु निरन्तर। बङ्गालमा रहेर यति नसिकेका पहाड़े नेताहरू राजनीतिको नाममा पुरै सम्प्रदायलाई उपहास बनाउने पथमा छन्। 

बी सी रोयले माल मटेली थुते तर बङ्गालका वामपन्थी भद्रलोकहरूले विरोध दर्ता गराएनन्। दल अलग थियो, विचारधारा पनि अलग नै थियो। त्यसभन्दा अगावै राष्ट्रपतिको निरीक्षणमा भइरहेको स्टेट रिफर्म कमिशनको रिपोर्ट सुपुर्द हुन अगावै पुरै पहाड़ी इलाका एबजर्ब्ड भएको असंवैधानिक कार्यप्रति पनि शिक्षित भद्रलोकहरूबाट विरोध नभएकै रहेछ त। पछि त सिलगढ़ीका एकजना वाम नेताले घिसिङमार्फत बुङकुलुङमा ग्यामन ब्रिज बनाएर मिरिक खण्डलाई खर्साङ समष्टिमा टाँसेपछि सिलगढ़ी गोर्खा मतले अप्रभावित बनायो त। तर समतलमा कुनै दल र सङ्गठनले विरोध गरेको थाहा पाइएन। पहाड़मा भने पुरै गोर्खा जातिको अस्तित्वमाथि राजनीति भइरहेको बेला नेताहरूबिच गाँड़ कोराकोरको धन्धा आरम्भ भइहाल्छ। किन? नेताहरूसित मिल्दो जवाफ छ कि?
आफूले प्रतिनिधित्व गरिरहेको समाजको पक्षमा आफ्नो हैसियत र सामर्थ्यले यथासक्य कार्य गरेर देखाउनु, त्यो समाज एउटा पथमा पक्कै लाग्नेछ। कामै गर्न नसक्ने भएदेखि राजनीतिबाट बाहिरिनु उत्तम विकल्प हो। उपहासको नमुना बनेर कतिञ्जेल लाज शरम पचाउने नेताहरू? गाँड़ कोराकोरको भुँवरीमा यसरी अल्झिए उपहास मात्र होइन गोर्खा राजनीतिकै अवहेलना ठहरिनेछ। यो सबैभन्दा ठूलो जोखिम हो समग्र जमातलाई।
वर्तमान गोर्खा राजनीति गाँड़ कोराकोरले साम्य बन्ने र सन्तुष्ट गर्न सकिने प्रहरमा पक्कै छैन। अन्य सम्प्रदायको दृष्टि पनि हामीमाथि टिकेको छ। तब नेता भनाउँदाहरू कुन विवेक र तर्कले यस्तो निच गाँड़ कोराकोरको राजनीतिमा ओर्ह्लिएका हुन्? अवाक बनाउने प्रश्न यही हो।
पहाड़मा सत्तारूढ़ विपक्षीको भाषा बोल्दैछ। विपक्षीहरू सत्तारूढ़को प्रवृत्तिमा उन्मत्त छन्। लगनको बेला हगन भने जस्तै छ स्थिति। उत्पीड़न र ज्यादती भोगेका जनताले सर्वस्व दिए। बलिदानमा सर्वोच्च प्राण दिए, आर्थिक क्षति भोगे, आफ्नै शिशुहरूको शिक्षामा अवनति सहे, व्यवसायमा नोक्सान खपे, टाउकोभरि मुद्दा लागे, घरबार त्यागे, आफ्नै परिवार सदस्यको मृत्युमा अन्तिमचोटि हेर्न वञ्चित रहे, जङ्गलमा खेदिए तर पनि मतदानले त सहयोग पुऱ्याएकै थिए नि। तर हैकमवादी साम्राज्य ज्यूँको त्यूँ छ! यसको पछिल्तिर लुकेको कारणबारे जानै सकेनन् पहाड़े जनताले। भोट लुट्ने नेतालाई त सरोकार रहन्छ त?
अवसरवादी नियतले जन्माएको अलग थलग अड़ान हो कारण। एउटै राजनैतिक नेताले बोलेन यो वाक्य। तर पनि नेताहरू एकार्काको गाँड़ कोराकोरमा निमग्न छन्। हुँदाहुँदै ब्युरोक्रेटसित निर्वाचित प्रतिनिधि थुरथुर हुने ठाउँ भयो हाम्रो। निर्वाचनबिनै सत्तामा बस्नेहरूलाई भने गाली गलौच गरियो। राजनीतिमा यति लद्धु ठाउँ पनि त हाम्रै रहेछ।
गाली गलौचको राजनीतिले शान्त र सन्तुष्ट जनताले बुझ्नै सकिरहेका छैनन् वर्तमान स्थिति। बुझाउने छैन कोही। यस्तै स्थितिको खोजीमा रहेका राजनैतिक व्यापारीहरू अहिले लागिपरेका छन् असम एनआरसीको मुद्दामा। असमभन्दा विकट स्थितिमा बसेका गोर्खाजनलाई प्रतिनिधित्व गर्ने नेताहरूलाई पर्याप्त हुने प्रचलित एउटा लोकोक्ति छ – “मुखमा माड छैन पिधँमा घिउ”
यो विकट परिस्थिति यसकारणले छ कि हामी दूरदर्शी सम्प्रदायसित राजनैतिक सङ्घर्षमा छौँ। सर्वोच्च न्यायालयकै प्रत्यक्ष निरीक्षणमा चल्ने राष्ट्रिय नागरिक पञ्जी राज्य कर्मचारीद्वारा सम्पन्न हुँदो रहेछ। असमबाट शिक्षा पाएको हो। साम्प्रदायिक भन्न मिल्दैन तर आञ्चलिक तुष्टिकरण यसको ठूलो कारण बन्छ। नवान्नमा कति प्रतिशत हाम्रो मान्छे छ त? प्रशासनिक ओहोदामा कति छन् हाम्राहरू? तपाईलाई भूमि अधिकार प्रमाण पत्र दिइएको छ? पहाड़का वनबस्तीहरूले हाम्रै अनुहारद्वारा सञ्चालित राज्य सिक्किमको रेल परियोजना रोक्न सक्ने हाम्रा मान्छेहरूले चुनाउमा सघाएको दलहरूलाई प्रश्न किन नसोध्ने? दशकदेखि होइन अङ्ग्रेज कालदेखि रगत-पसिना बगाएर देशको अर्थ व्यवस्थालाई टेवा पुऱ्याउने पहाड़का सिन्कोनावासी र चियाबारीवासी त झनै सुकुमवासी बन्छन्। यिनीहरू विस्थापित गरिने कार्य भएपछि मात्र पो राजनीति गर्ने? ससाना प्रशासनिक कार्यमा 1951 को कागज-पत्र दिनुपर्ने फरमान भुल्नुभयो कि कसो महाराजहरू? राजनीति बाङ्गो छ। दलगत रूपमा स्वीकार्ने हाम्रो प्रवृत्तिले हामीलाई निलिसक्यो।
असम एनआरसीमै झुत्तिने कारण के छ त? विनय तामाङ-अनित थापालाई नसोध्ने ममता ब्यानर्जीले दिएकी मन्तव्यबारे? ममता ब्यानर्जीले घोषणा गरेकी हुन् गोर्खाहरूलाई राष्ट्रिय पहिचान दिलाउने। उता भाजपाको पर्मानेण्ट पोलिटिकल सल्युसनलाई पनि नबिर्सौँ। एनआरसी मुद्दामै नभुलौ सबै। सोधौ त प्रश्न के हुँदैछ त्यसबारे।
केन्द्रीय विश्वविद्यालय नदिएर भाजपाले हामीसित कुठाराघात गरेको छ। भद्रलोकहरूले दार्जीलिङबाट उत्तर बङ्गाल विश्वविद्यालय सिलगढ़ीको राजा राममोहनपुरमा सारेर पहिल्यै राजनैतिक वञ्चना गरेकै हुन्। मङ्पुनजिक जोगीघाटमा राज्यले दिएको विश्वविद्यालय कहिले उद्घाटन हुन्छ हँ? विनय-अनितलाई यसबारे सोधौँ। गाँड़ कोराकोरमा फुर्सद नदिऔ।
राजु बिष्टज्यू सञ्चार माध्यममा राम्रो उत्तर दिनुहुन्छ। तर अब 6 महिना पुग्न लाग्यो। ठोस काम के के गर्नुभयो अनि हातमा दीर्घ मियादी योजनाहरू के के लिएका छन्? त्यसबारे चासो राखौँ र सोधौ। बिष्टज्यूलाई गाँड़ कोराकोरका निम्ति पक्कै सांसद चुनेका होइनन् जनताले। राजीव प्रताप रुड़ीलाई कालेबुङ मेला ग्राउण्डमा दिइएको सम्मान अब सित्थैमा पाइन्दैन भन्ने सन्देश दिनुपर्छ।
कसले के कति काम गरिरहेछ, उदाङ्गै छ। क्रिस्टियन एण्डरसनका बालक पात्र जनताले नहिच्किचाइ सोध्नुपर्छ। कलकत्ताको पान मात्र खान विधायक बन्नेलाई राजीनामा माग्नुपर्छ।

No comments:

Post a Comment

Post Bottom Ad