अनियन्त्रित वाहनको धक्काले पञ्जाबका दुईजना बाइक सवार पर्यटकहरूको मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 9, 2019

अनियन्त्रित वाहनको धक्काले पञ्जाबका दुईजना बाइक सवार पर्यटकहरूको मृत्यु

गफसफ.com, कालेबुङ, 9 सितम्बर ।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत लाबरबोटे नजिक सिक्किमबाट सिलगडीतर्फ गइरहेको बाइकलाई विपरितदिशाबाट आइरहेको वाहनले हिर्काउँदा पञ्जाबका दुईजना बाइक सवार पर्यटकहरूको घट्नास्थलमा नै मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार उक्त घट्ना आज बिहान 10 बजे भएको हो। इनफिल्ड बाइकमा सवार रहेका पञ्जाब निवासी हरिन्द सिंग सिद्धु अनि गुरपृत सिंगलाई विपरित दिशाबाट आइरहेको डब्लु बी 06 एफ 5564 नम्बर भएको वेगनर वाहनले हिर्काउँदा उनीहरूको घट्ना स्थलमा नै मृत्यु भएको हो।

घटनाअनुसार सिक्किमबाट सिलगडीतर्फ् गइरहेको डब्लुबी 74 ए 4549 नम्बरको इनफिल्ड बाइकलाई अर्को दिशाबाट आइरहेको वेगनर वाहन डब्लुबी 06 एफ 5564 ले लाबरबोटे छेउमा धक्का दिँदा नै बाइक सवारहरु गम्भीर घाइते बन्न पुगेका थिए। तत्कालै  अन्य वाहनमा सवार मानिसहरुले दुवै घाइतेहरुलाई उठाएर अर्को वाहनमा हालेर कालेबुङ अस्पताल ल्याएका थिए जहाँ डाक्टरहरुले दुवैलाई मृत घोषित गरेका हुन्।
दुवै पर्यटकहरुलाई शिरमा चोट लागेको कारण नै उनीहरुको मृत्यु भएको बताइएको छ। घटनापछी दुवै शवलाई पोष्टमार्टमको निम्ति कालेबुङ जिल्ला अस्पतालमा राखिएको छ भने वेगनरका चालकलाई पुलिसले पक्राउ गरेको छ। यता उक्त घट्ना सम्बन्धमा प्रत्यक्षदर्शीहरूले बताए अनुसार अत्यन्तै द्रुत गतिमा आइरहेको वेगनर वाहनले आफ्नो नियन्त्रण हराएपछि नै बाइकलाई सोझै हिर्काएको हो। जसको कारण बाइक सवारले प्राण गुमाउनु परेको छ। यता पुलिसले घट्नाबारे छानबिन गरिरहेको छ भने मृतकका परिवारहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको थाह लागेको छ।

No comments:

Post a Comment

Post Bottom Ad