लाभामा कुदीरहेको गाडीमा झर्‍यो रूख ; एकजनाको घट्नास्थलमानै मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 7, 2019

लाभामा कुदीरहेको गाडीमा झर्‍यो रूख ; एकजनाको घट्नास्थलमानै मृत्यु

गफसफ.com, कालेबुङ, 8 अगस्त।
कुदिरहेको एउटा गाडिमाथी अचानक रुख ढल्दा एकको मृत्यु अनि एक गम्भीर घाइते बनेका छन्। घटना अनुसार हिजो बेलुकी  कालेबुङबाट लाभा तर्फ गइरहेको एउटा बोलेरो गाडीमाथी लाभा नौ माइलमा अचानक एउटा रुख खस्न पुगेको थियो। घटना अवधी गाडीको सबैभन्दा पछिल्लो सिटमा बसेका रिसापका सुमन गुरुङलाई शिरमा अनि पुबुङ बस्तिका हेम छेत्रीलाई घाँटीमा चोट लाग्न पुगेको थियो।

घाइतेहरूलाई तत्कालै गाडीमा सवार रहेका अन्य मानिसहरुले उद्धार गरेर अरु दुइवटा गाडी बन्दोबस्त गरी कालेबुङ अस्पताल ल्याएका थिए। यद्यपि सुमन गुरुङलाई हालेर आएको गाडी भने अर्को स्थानमा फेरि पहिरो गएको कारण घण्टौ समयपछी मात्र अस्पताल आइपुग्न सक्षम बनेको थियो। यसरी अबेर गरेर अस्पताल आइपुगेको कारण नै सुमन गुरुङको मृत्यु भइसकेको थियो। अस्पताल ल्याउनसाथ डाक्टरले जाँच गरेपछी उनलाई मृत घोषित गरेका थिए।

हेम छेत्रीलाई भने जाँच गरेपछि डाक्टरहरुले घाटिमा चोट लागेको कारण तत्कालै सिलगडी रेफर गरिदिएका थिए। घटनामा लुङसेलका सोनाम लेप्चालाई पनि सामान्य चोट लागेको थियो भने हाल उनी कालेबुङ अस्पतालमा नै उपचाराधिन रहेका छन्। यता मृतक गुरुङका सालो बिमल छेत्रीले घटना अवधी आफू पनि सोही गाडीमा सवार रहेको यद्यपि आफुहरु भने भाग्यले बाचेको जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad