साहित्यकार पारसमणि प्रधानको स्मरणमा ‘पारसमणि उद्यान’-को उद्घाटन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 11, 2019

साहित्यकार पारसमणि प्रधानको स्मरणमा ‘पारसमणि उद्यान’-को उद्घाटन

गफसफ.com, कालेबुङ, 11 अगस्त। 
साहित्यकार पारसमणि प्रधानको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै कालेबुङ नगरपालिकाले उनकै स्मरणमा ‘पारसमणि उद्यान’ निर्माण गरेको छ। कालेबुङको हाटबजार नजिक चेस्ट क्लिनिक परिसरमा कालेबुङ नगरपालिकाले ग्रीन सिटी मिशन अन्तर्गत निर्माण गरेको पार्कलाई ‘पारसमणि उद्यान’ नामकरण गर्दै पारसमणि प्रधानको सालिग समेत स्थापित गरेर आज उद्घाटन गरिएको हो। साहित्यकार पारसमणि प्रधानकै बुहारी बिना प्रधानको बाहुलिबाट उक्त पार्कको उद्घाटन गरिएको हो।
यस अवसरमा कालेबुङमा साहित्यकार, समाजसेवी लगायत जनसधारणवर्गको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो भने पारसमणि प्रधानका परिवार पक्षको विशेष उपस्थिति रहेको थियो। यसक्रममा पारसमणि प्रधानका नाति भरतमणि प्रधानले आफ्नो बाजे पारसमणि प्रधानको नाउँमा कालेबुङ नगरपालिकाले सालिगसँगै पार्क निर्माण गरेर महत्वपूर्ण कार्य गरेको भन्दै नगरपालिकाप्रति आभार प्रकट गरेका छन्। ‘बाजे पारसमणि प्रधानको सालिग निर्माण सँगै पारस उद्यानको निर्माणले हामी सम्पूर्ण परिवार पक्ष खुशीले बुरूक-बुरूल भएका छौँ’ भरतमणि प्रधानले भने।
यता कालेबुङ नगरपालिकाका अध्यक्ष रवी प्रधानले ग्रीन सिटी मिशन अन्तर्गत कालेबुङमा चर्चित साहित्यकार पारसमणि प्रधानको नाउँमा ‘पारसमणि उद्यान’ निर्माण गरेर नेपाली साहित्यका साहित्यकारहरूको योगदानलाई जीवित राख्ने प्रयास गरेको बताएका छन्। 



‘नेपाली साहित्यकारहरूले हाम्रो समाजलाई धेरै योगदन दिएर गएका छन्। आजसम्म उनीहरूको भनेजस्तो मूल्याङ्कन हुन सकेको छैन। यसैकारण हामीले कालेबुङ नगरपालिकाको पक्षबाट पारसमणि प्रधानको नाउँमा ‘पासरमणि उद्यान’ निर्माण गरेर नेपाली साहित्यकारहरूको मूल्याङ्कन गर्ने प्रयास गरेका हौँ’ नगरपालिका अध्यक्ष रवी प्रधानले भने।


No comments:

Post a Comment

Post Bottom Ad