पूर्व मुख्यमन्त्री पवन चामलिङलाई एक्लै पारेर एसडीएफका 10 विधायक भाजपामा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 13, 2019

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई एक्लै पारेर एसडीएफका 10 विधायक भाजपामा सामेल

गफसफ.com, कालेबुङ, 13 अगस्त।
सिक्किम राज्यमा 25 वर्ष शासन हाँक्ने सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का 10 जना विधायक भारतीय जनता पार्टीमा सामेल भएका छन्। पार्टीका अध्यक्ष एवम् पूर्व मुख्य मन्त्री पवन चामलिङ बाहेक अन्य सबै 10 जना विधायकवर्ग आज भारतीय जनता पार्टीमा सामेल भएका हुन्। केहि दिन अघि मात्रै भाजपा महासचिव राम माधवलाई पत्र सुम्पिएर भाजपालाई समर्थन जनाउने एसडीएफका विधायकगण आज आफ्नो पार्टी त्यागेर भाजपामा सामेल बनेका हुन्।

25 वर्षे सत्ताबाट वितेको विधानसभा चुनावमा एसकेएम पार्टीले सत्ताच्युत बनाएपछि एसडीएफ पार्टीका विधायकवर्ग भाजपाको सम्पर्कमा रहेका थिए। पार्टी अध्यक्ष पवन चामलिङकै निर्देशनमा उनीहरूले भाजपासँग सम्पर्क स्थापित गर्ने कार्य गरेको समेत विश्वस्त सुत्रले बताएका छन्। एसडीएप पार्टीको चुनाव चिन्हमा चुनिएका विधायकवर्ग भाजपाकै नजिक बन्न थालेपछि नै दुईजना विधायकवर्गले भने पार्टीभित्रै विद्रोहको विगुल फुकेका छन् भने रहेका 10 जना विधायकवर्ग भने पार्टी अध्यक्ष पवन चामलिङलाई छाडेर भाजपाको शरणागत बनेका छन्।  
एसडीएफ पार्टीका विधायक दोर्जी छिरिङ लेप्चाको नेतृत्वमा आज उक्त दसजना विधायकगण भाजपामा सामेल भएका हुन्। भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारी अध्यक्ष जेपी नड्डा अनि महासचिव राम माधवको उपस्थितिमा उनीहरूलाई भाजपाको सदस्यता प्रदान गरेर पार्टीमा स्वागत जनाइएको थियो। 32 आसन रहेको सिक्किम विधानसभामा चुनावमा नजिते पनि अब भाजपाको पक्षमा 10 विधायक बनेको छ भने उनीहरूले नै विपक्षको भूमिका निभाउने भाजपा महासचिव राम माधवले बताएका छन्।
स्मरण रहोस, सिक्किम विधानसभाको 32 आसनमध्ये गत विधानसभा चुनाउमा एसडीएफले 15 वटा आसनमा चुनाव जितेको थियो भने एसकेएमले 17 वटा आसनमा चुनाव जितेर सरकार गठन गरेको छ। एसकेएम पार्टीले पवन चामलिङद्वारा नेतृत्वधीन 25 वर्षे एसडीएफ पार्टीको किल्ला भत्काएर नयाँ सरकार गठन गरेपछि एसडीएफको किल्ला नै ध्वस्त बन्न थालेको छ। यस्तो अवस्थामा अब एसडीएफ पार्टीका अध्यक्ष एवम् पवन चामलिङ मात्रै एसडीएफका एकमात्र विधायक बनेका छन् भने अन्यले उनलाई साथ छोडेर भाजपाको शरणमा परेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad