73 औँ स्वतन्त्रता दिवसको मङ्गलमय शुभकामना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 14, 2019

73 औँ स्वतन्त्रता दिवसको मङ्गलमय शुभकामना

गफसफ.com, कालेबुङ, 15 अगस्त।
सुवास सोताङको शब्द, मनिश छेत्रीको सङ्गीत, योगेश खातीको सङ्गीत संयोजन, सन्त फ्रान्सिस स्कूल जोरथाङका विद्यार्थीहरूको गायनमामा तयार पारिएको देशभक्ति गीत गफसफ.com-का पाठकवर्गलाई यहाँ प्रस्तुत गरिएको छ। जुन देशभक्ति गीतमा कालेबुङको मेला ग्राउण्डमा सम्पन स्वतन्त्रता दिवस परेडका झलकहरू भिडियोमा समावेश गरिएको छ।

सम्पूर्ण देशवासीमा 73 औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना !!
गीत
जन्मियौँ हुर्कियौँ जुन माटोमा हामी
त्यही धर्ती आमालाई सलाम
खसायौँ जहाँ रगत र पसीना
त्यही देश भारतलाई प्रणाम !

देशको निम्ति मर्ने पुर्खाहरूलाई
कहिले पनि हामी भुल्न सक्दैनौँ
शहीदका ती प्यारा सपनाहरूलाई
बिर्सेर हामी जिउन सक्दैनौँ ।

शान्ति र सत्यको दीप घरघर बाल्दै
एकता र प्रेमको गीत गाउनेछौँ
धनी-गरीबको सिमाना मेट्दै
स्वदेशलाई धर्तीको स्वर्ग बनाउँछौँ ।


No comments:

Post a Comment

Post Bottom Ad