कालेबुङमा सहिद दिवस पालन; ‘गोर्खाल्याण्ड आन्दोलनका सहिद परिवारलाई सरकारी रोजगार दिनेछौँ’ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 27, 2019

कालेबुङमा सहिद दिवस पालन; ‘गोर्खाल्याण्ड आन्दोलनका सहिद परिवारलाई सरकारी रोजगार दिनेछौँ’ – विनय तामाङ

गफसफ.com, कालेबुङ, जुलाई
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा शहिद बनेकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आज सहिद दिवस पालन गरिएको छ। कालेबुङको विभिन्न स्थानहरूमा आज गोर्खाल्याण्ड आन्दोलनकालका सहिदहरूलाई स्मरण गर्दै विभिन्न राजनैतिक पार्टीहरूले भिन्न भिन्नै रूपमा सहिद दिवस पालन गरेको थियो।

गोर्खा जनमुक्ति मोर्चाले यहाँको 11 माईल स्थित सहिद वेदी परिसरमा सहिद दिवस पालन गरेको थियो भने विभिन्न राजनैतिक दलहरूले भने कालेबुङको टाउन हलमा सहिद दिवस पालन गरेको थियो। यसका साथै जन आन्दोलन पार्टीले भने यहाँको सीके चौकमा सहिद दिवस पालन गरेको थियो।
सहिद परिवारलाई सरकारी रोजगार दिइने
गोर्खा जनमुक्ति मोर्चाले एघार माइलमा अवस्थित सहिद दिवस परिसरमा पालन गरेको सहिद दिवस समारोहमा मोर्चा अध्यक्ष विनय तामाङ मुख्य रूपले उपस्थित बनेका थिए। यसक्रममा तामाङले जीटीएको पक्षबाट आफुहरूले आगामी दिनमा गोर्खाल्याण्ड आन्दोलनको क्रममा सहिद बनेका परिवारका प्रत्येक घरका एक-एकजना परिवारलाई सरकारी रोजगार दिने घोषणा गरेका छन्। उनले सन् 1955 मा मार्गरेट्स होप चियाकमान सहिद बनेकाहरूसँगै नेपाली भाषा मान्यता आन्दोलनमा सहिद बनेका अनि छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा अहिलेसम्म सहिद बनेका 12 सय 47 परिवारका सदस्यवर्ग सरकारी रोजगार दिने घोषणा गरेका हुन्।

‘जीटीएले अब विभिन्न विभागहरूमा रोजगार दिन सक्नेछ। यहाँ सब-अर्डिनेट सेलेक्सन बोर्ड गठन गर्नसक्ने सरकारी आदेश आइसकेको छ अनि हामी यो चाँढै गठन गरेर विभिन्न रिक्त पदहरूमा नियुक्ति गर्नेछौँ। वर्तमान अवस्थामा जीटीएका अध्यक्ष अनित थापाले यसबारे काम गरिरहेका छन्। यो सबै पुरा भएपछि अब हामी सहिद परिवारका सदस्यवर्गलाई सरकारी रोजगार दिनेछौँ’ विनय तामाङले भने।
सहिदको झण्डा हुँदैन
उनले आफ्नो सम्बोधनको क्रममा सहिद दिवसलाई लिएर कसैले पनि राजनीति गर्न नहुने आह्वान गर्दै ‘सहिदको जात हुँदैन, सहिदन रङ्ग हुँदैन, सहिदको झण्डा हुँदैन। यसकारण सहिद दिवसलाई राजनैतिक झण्डाहरूमा विभाजन गरेर पालन गर्नु हुँदैन’ भने। विशेष गरेर उनले कालेबुङमा विभिन्न राजनैतिक दलहरूले वेग्ला वेग्लै तरिकाले सहिद दिवस पालन गरेको कुराप्रति ईङ्गित गर्दै वर्षमा एकचोटि सबैले एउटै ठाउँमा गोर्खाल्याण्डको निम्ति प्राण आहुति दिनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुपर्ने आह्वान गरे।
सहिद परिवारलाई सम्मान
सर्वधर्म प्रार्थनबाट सुरु गरिएको सहिद दिवस समारोहमा सहिदका परिवारवर्गलाई सम्मान गर्ने कार्य पनि सम्पन्न भएको थियो। पार्टी अध्यक्ष विनय तामाङ लगायत नगरपालिका अध्यक्ष रवी प्रधान लगायन अन्य अतिथिवर्गको वाहुलीबाट अङ्गवस्त्र सँगै स्मृति चिन्ह प्रदान गरेर उनीहरूलाई सम्मानित गरिएको थियो। यसक्रममा विभिन्न संघ संस्था, शैक्षिक संस्थानका विद्यार्थीवर्गले सहिद वेदीमा माल्यर्पण गर्दै श्रद्दाञ्जली अर्पण गरेका थिए।  

No comments:

Post a Comment

Post Bottom Ad