माउन्ट कार्मेल विद्यालयमा गायन अनि फेशन शो प्रतियोगिता सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 26, 2019

माउन्ट कार्मेल विद्यालयमा गायन अनि फेशन शो प्रतियोगिता सम्पन्न

गफसफ.com, कालेबुङ, जुलाई
माउन्ट कार्मेल स्कुलको आयोजनामा अन्तर दलिय गायन प्रतियोगिता अनि फेशन शो प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका अग्रज विद्यार्थीवर्ग माझ गायन प्रतियोगिता सम्पन्न भएको थियो भने अनुज विद्यार्थीवर्ग माझ फेशन शो प्रतियोगिता सम्पन्न भएको हो। विद्यालयका अनुज विद्यार्थीवर्ग माझ सम्पन्न भएको फेशन शो प्रतियोगिता विशेष गरेर फोहोर व्यवस्थापन विषयमा आधारित रहेको थियो।

विशेष गरेर अहिलेघरी फोहोरलाई मानिसहरूले व्यवस्थापन नगरेकै कारण यसले विभिन्न समस्याहरूको सिर्जना गरिरहेको छ। फोहोरकै कारण यसले वरिपरिको वातावरणलाई समेत प्रदुषित गर्ने कार्य गरिरहेको छ। यस्तो अवस्थामा माउन्ट कार्मेल विद्यालयले फोहोर व्यवस्थापनबारे सचेतना जगाउन यसरी फेशन शो मार्फत सन्देश दिन चाहेको थियो। यस अवधी विद्यार्थीवर्गले फेशन शो प्रतियोगितामा सहभागी बन्ने क्रममा मानिसहरूले प्रयोग गरेर फ्याँकेका पेपर व्याग, प्लास्टिक बोतल आदिहरूको प्रयोग गरेका थिए। 

विद्यालयले विद्यार्थीवर्गको सर्वाङ्गीन विकासको निम्ति पाइला चाल्दै उनीहरूमा सचेतना फैलाउनका निम्ति नै यस्तो प्रकारका कार्यक्रहरूको आयोजना गरेको विद्यालयकी शिक्षिका प्रतिभा छेत्रीले बताएकी छन्।
 
पृथ्वी अनि वायु मण्डलमा अहिले के हुँदैछ अनि के कस्ता सामाग्रीहरूको प्रयोगले मानिसहरूले आफ्नै निम्ति खत्राको घण्टी बजाउँदैछ भन्ने सन्देश पनि कार्यक्रमबाट विद्यार्थीवर्गलाई दिइएको थियो। यसक्रममा कार्यक्रममा विद्यार्थीवर्गका अभिभावकगण पनि उपस्थित रहेका थिए भने उनीहरूसँगै कार्यक्रमका निर्णयकवर्गलाई विद्यालय पक्षले आभार प्रकट गरेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad