द आइज नेपाली कथानक चलचित्र चाँढै पर्दामा आउने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 14, 2019

द आइज नेपाली कथानक चलचित्र चाँढै पर्दामा आउने

गफसफ.com, कालेबुङ, 14 जुन।
नेपाली कथानक चलचित्र द आइज-को ट्रेलर रिलिज भएको छ। आनन्द कुमार गजमेर निर्माता रहेको उक्त चलचित्र वर्तमान समयका परिवारिक एवम् सामाजिक घटनाहरूलाई मुख्य बिषय बनाइ निर्माण गरिएको छ। जसका कथा लेखक सुदेश छेत्री रहेका छन्। सिक्किम राज्यका नाम्ची वरिपरि एवम् कालेबुङका विभिन्न क्षेत्रहरूमा छायाङ्कन गरिएको उक्त चलचित्रमा उत्तम छेत्री, शिल्पा तामाङ, कुशल घिमिरे,नम्रता रावल, हेमराज बराईली, सजल सुब्बा, मणि भुजेल, बिनिता प्रधान, आनन्द कुमार गजमेर, रोमन राई, नाति घतानी, दिलिप ठाकुर, दिव्य सुनुवार, सोफिया खान, श्वेता बरुवा, अनवर अली, मेघा मित्तल अनि अन्स गजमेर आदिको अभिनय रहेको छ ।
पछिल्लो वर्षदेखि छाँयाकन शुरु गरेको यस चलचित्रको छाँयाकार कलकत्ताका अनमोल शाह रहेका छन् । पोष्टप्रोडक्शनको सम्पूर्ण कार्य कलकत्ताका डि.जी प्रोडक्शनमा भएको छ । चलचित्रका एडिटिङ् टीमका हेड अभिजीत पोद्धार रहेको छ भने कलर करेक्शन ( सि सि ) प्रशान्त विस्वास छन् । चलचित्रमा पार्श्व संगीत सुदेस छेत्री अनि नन्दी सपनको छ भने संगीत रोशन सिलालको रहेको छ। यसका साथै चलचित्रमा चर्चित गायक थुप्देन भोटिया, समिक्षा तिरुवा, सिवानी सिलाल आदिको स्वर रहेको छ । सह निर्देशक अनवार अली प्रोडक्शन म्यानेजर सुदेश छेत्री अनि सुरज रसाईली रहेका छन्। यसका साथै चलचित्रमा फाइट डाइरेक्टर सन्तोष खवास अनि अस्सिटेन फाइट डाइरेक्टर सुदिप खवास रहेको छन्। चलचित्र यसै वर्षको जून महिनादेखि प्रदर्शनमा आइरहेको छ ।
खलनायकको भूमिकामा कुशल घिमिरे
चलचित्र “ध्रुर्वतारा ”- बाट चर्चामा आएका अभिनेता कुशल घिमिरे चलचित्रमा आउनभन्दा अघि नाटक लेख्ने, खेल्ने र निर्देशन गर्ने गर्थे । विधार्थी जिवनदेखि नै नाटक क्षेत्रमा छिरेका अभिनेता कुशल घिमिरेले एकसमय सहकर्मी डल्ले भाई लेप्चासँग मिलेर मिरिकमा थुप्रै सडकनाटकहरू प्रर्दशनमा ल्याए । जसमध्ये दर्शकले अत्याधिक मन पराएको चर्चित नाटक “ गंगटे पाइलो ” एकतीस पल्टसम्म प्रर्दशन गरिएको थियो। यही नाटकहरूबाट लिएको अभिनय कलाको अनुभवलाई उनले बिस्तारै चलचित्रमा उतार्दै गए । अन्य चलचित्रमा विविध भुमिकामा अभिनय गरे तापनि ऊनलाई दर्शकसामु चिनाउने चलचित्र भने ध्रुर्वतारा नै हुन्।
निक्की ‘ नवाङ्ग ’ गोलेको निर्देशनमा बनेको चलचित्र ध्रुर्वतारामा ऊनले एक साधारण घोडावालको भुमिकालाई जिवान्त रूप दिदै स्थानिय चलचित्र हेर्न मन नगर्ने दर्शकहरूलाई स्थानिय चलचित्र हेर्ने बनाए । कलाकारहरूको जिवान्त अभिनय, संवादमा जनसाधरणको बोलिचाली भाषा, स्थानिय यथार्थ कथा, अब्बल छायाँकनले यो चलचित्र स्थानिय अन्य चलचित्रहरू भन्दा उत्कृष्ट बनेको थियो ।
ध्रुर्वतारा पछि ऊनले आफ्नै प्रोडक्शन हाउस मायादेव प्रोडक्शनमा “हावाघर” चलचित्र निर्माण गरे। जसमा ऊनी मुख्य नायकको भुमिकामा छन्, जुन चलचित्र प्रर्दशनमा आउन बाँकी नै छ । गुरुजी १०८ मंगलदासको जिवानीमा आधरित सिके श्रेष्ठको निर्देशन रहेको चलचित्र “मंगलगाथा” मा मंगलदास गुरुजीको भुमिकामा छन्
 भने कालेम्बुङबाट निर्मित अर्को चलचित्र “दि आइस ” मा ऊनी पहिलोचोटि खलनायकको भुमिकामा देखा परेका छन् । गत वर्ष छाँयाकन भएको अर्को चलचित्र “ छाँया ” मा पनि ऊनी प्रमुख भुमिकामा छन् जसको प्रदर्शन यही वर्ष सेप्टेम्बर महिना हुनेछ । यसबाहेक ऊनले आधा दर्जन जस्तो म्युजिक भिडियो साथै केही लघु चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।


No comments:

Post a Comment

Post Bottom Ad