जीटीएद्वारा पूल दुर्घट्नाका मृतक परिवारलाई एकलाख अनि घाइतेहरूलाई 50 हजार आर्थिक सहयोगको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 23, 2019

जीटीएद्वारा पूल दुर्घट्नाका मृतक परिवारलाई एकलाख अनि घाइतेहरूलाई 50 हजार आर्थिक सहयोगको घोषणा

गफसफ.com, दार्जीलिङ, 24 जुन ।
कालेबुङ जिल्लाको सुदुर्वर्ती क्षेत्र मुङपेलमा झोलुङ्गे पूल दुर्घट्नामा प्राण गुमाउनेहरूलाई एक लाख अनि घाइतेहरूलाई पचास हजार रूपिया सहयोग गर्ने जीटीए बोर्ड अध्यक्ष अनित थापाले घोषणा गरेका छन्। उनले उक्त दुर्घट्नाप्रति समवेदना प्रकट गर्दै सहयोग राशी प्रदान गर्ने घोषणा गरेका हुन्। ‘कालेबुङ जिल्ला अन्तर्गत खण्ड ब्लक १ अन्तर्गत पाब्रीङटार ग्राम पञ्चायतको मुङपेल गाउँमा भएको झोलुङ्गे पूल दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु साथै उक्त दुर्घटनामा घाइते हुनेहरूप्रति चाड़ो सुस्वास्थ्यको पनि कामना गर्दछु’ जीटीए बोर्ड अध्यक्ष अनित थापाले भनेका छन्।
यसक्रमा उनले उक्त दुर्घट्नामा परेर ज्यान गुमाउने आईतराज राई अनि टेक बहादुर सुब्बा प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार प्रति समवेदना प्रकट गरेका छन्। ‘यो दु:खद घड़ीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सदैव पीडितहरूको साथमा रहेको छ। प्रियजन गुमाएका पीडितहरूको हामी खुशी फर्काउन नसकेतापनि उनीहरूको दु:खको बोध गर्न सक्छौ। यसैले जीटीएको तर्फबाट पीड़ितहरूलाई सहयोगस्वरूप मृतक परिवारलाई १ लाख अनि घाइतेहरूलाई ५० हजार सहयोग राशि प्रदान गर्ने घोषणा गर्दछु’ – अनित थापाले घोषणा गर्दै भनेका छन्।
यसैक्रममा उनले यस्ता दुर्घट्नाहरू बारम्बार नदोहोरियोस भन्ने आफुहरूको चाहना रहेको बताउँदै यस्ता पूलको अवस्थाबारे जीटीएलाई जानकारी दिने अपिल समेत गरेका छन्। ‘यस प्रकारका दुर्घटनाहरू फेरि-फेरि नदोहोरियोस् भन्ने हाम्रो चाहना छ। यसैले जीटीएक्षेत्रमा यस प्रकारका पुराना अनि जोखिमपूर्ण पूलहरू छन् भने तुरून्तै जीटीएलाई रिपोर्ट गरिदिने पनि म अपील गर्न चाहन्छु। जनसाधारणको रिपोर्टको आधारमा उक्त पूलहरूको विभागीय सर्वेक्षण गराएर जीटीएले तुरून्तै निर्माणकार्य पनि शुरू गर्नेछ’ अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad