गोजमुमो (विमल गुट) सक्रिय बन्दै : विमल गुरुङ समर्थकहरूलाई पक्राऊ गर्ने कार्य बन्द हुनपर्छ – नारी मोर्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, June 12, 2019

गोजमुमो (विमल गुट) सक्रिय बन्दै : विमल गुरुङ समर्थकहरूलाई पक्राऊ गर्ने कार्य बन्द हुनपर्छ – नारी मोर्चा

गफसफ.com, कालेबुङ , 12 जुन ।
पहाडमा पुलिस प्रशासनले एकपक्षिय नीति अप्नाएर विमल गुरुङ गुटका समर्थकहरूलाई पक्राउ गर्ने कार्य जारी राखेको नारी मोर्चाले आरोप लगाएको छ। आज गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ) गुटका नारी मोर्चाले एक पत्रकार सम्मेलन आयोजना गरेर पहाडमा लोकसभा चुनाव पछि जनताले शान्ति स्थापनाको चाहना राखे पनि यहाँ शान्ति स्थापित हुन नसकेको बताएको छ। गोजनामो (विमल गुट) संयोजक ननिता गौतमले पत्रकारहरूलाई सम्बोधन गर्दै पहाडमा चुनावपछि गणतन्त्र बहाली नभएर उल्टै  विमल खेमाहरूलाई मात्र किन पक्राऊ गर्ने कार्य भइरहेको छ? भन्ने प्रश्न तेर्साएका छन्।

‘आज किन गोजमुमो विमल गुटलाई मात्र पक्राऊ गरिन्दैछ? प्रशासनले किन एकपक्षिय नीति अप्नाउने कार्य गर्दैछन्? हामी भारतका नागरिकहरू हुँदा हुँदै पनि आज किन देशको नागरिक जस्तो बाँच्न पाइरहेका छैनौँ’ ननिता गौतमले प्रश्न गरिन्। यसक्रममा उनले दिनदिनै अत्याचार बडीरहेको भन्दै यो अत्याचार झट्ट बन्दगर्नुपर्ने माग गरेकी छन्।
‘हामीले गोर्खाल्याण्ड भनेर आफ्नो चिन्हारी मागिरहेका छौँ। तर आज न्यायसंगत चिज माग्दा पनि हामीमाथि अन्याय र अत्याचार भइरहेको छ’ ननिता गौतमले अझ भनिन् –‘हामी निर्णायक घडीमा पुग्दा आज पुन: खुट्टा तान्ने काम हुँदैछ, अब यो काम बन्द हुनपर्छ ।’
उनले गोर्खा जनमुक्ति नारी मोर्चा पूर्णरूपले शान्तिको पक्षमा रहेको भन्दै यहाँको जनताले लोकसभा र विधानसभा उपचुनावमा आफ्नो मतदान गरेर सरकारलाई जवाब दिइसकेको बताउँदै यसलाई प्रशासनले बुझ्नपर्ने बताएकी छन्। ‘हामी यो देशको बासिन्दा हौँ अनि हामीलाई संविधानले दिएको अधिकार अनुसार शान्तिसँग बस्न दिनुपर्छ। बिनाकारणमा मुद्दाहरू लगाएर पक्राऊ गर्ने कार्य बन्द गरिनुपर्छ’ ननिता गौतमले भनिन्।
उनले सबैलाई ‘नफुटौँ जुटौँ’ सबै जनता एकबद्ध बनेर अबको लडाई फत्ते पार्नुपर्ने पनि आह्वान गरेकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad