विनय तामाङको चुनाव प्रचार तिव्र : गोरामुमो समर्थकहरूले ग्रहण गरे गोजमुमो पार्टीको झण्डा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 15, 2019

विनय तामाङको चुनाव प्रचार तिव्र : गोरामुमो समर्थकहरूले ग्रहण गरे गोजमुमो पार्टीको झण्डा


गफसफ.com, दार्जीलिङ १४ मई।
एकातिर दार्जीलिङ विधानसभा उपचुनावको प्रचार युद्धस्तरमा चलिरहेको छ भने अर्कोतर्फ दल परिवर्तनको घट्नमा उत्तिकै अघि आइरहेको छ। यसैक्रममा गोरामुमो पार्टीका समर्थकहरू गोजमुमो विनय खेमामा सामेल भएका छन्। गोजमुमो अध्यक्ष एवम् निर्दलित प्रार्थी विनय तामाङको चुनाव प्रचार अभियानको क्रममा आज ब्लुमफिल्ड रिसीहाट समष्टि अन्तर्गत रिसीहाट चियाकमानबाट २२ घर गोरामुमो समर्थकहरू विनयपन्थी गोजमुमोमा सामेल भएका छन्। चुनाव प्रचारको क्रममा गोजमुमो अध्यक्ष विनय तामाङ रिसीहाट चियाकमान पुगेका थिए भने सोही समय तामाङको बाहुलीबाट उक्त समर्थकहरूले गोजमुमोको झण्डा ग्रहण गरेका हुन्।

यही क्रममा आज नै ब्लुमफिल्ड ॠषिहाट समष्टिअन्तर्गत आर्य चियाकमानबाट ८ घर गोरामुमो समर्थकहरू विनयपन्थी गोजमुमोमा सामेल भएका छन्।आज डाली-ब्लुमफिल्ड अन्तर्अगत मोदी धुरामा आयोजित एक चुनावी सभामाझ उक्त समर्थकहरूले गोजमुमो अध्यक्ष विनय तामाङको बाहुलीबाट गोजमुमोको झण्डा ग्रहण गरेका हुन्।
तामाङले नयाँ समर्थकहरूलाई पार्टीमा स्वागत गर्दै पहाडमा शान्ति ॠङ्खला कायम राख्ने अपील पनि गरे। यही क्रममा उनले गोजमुमो समर्थकहरूलाई गोरामुमो समर्थकहरुले धम्काउने गरिरहेको आरोप पनि लगाएका छन्।
‘तृणमूल कंग्रेस राज्यको सत्तासीन अनि शक्तिशाली दल हो। पहाडमा हामी गोजमुमो सत्तासीन अनि शक्तिशाली छौं। तर हामीले कसैलाई धम्काउने काम गरेका छैनौं। जो कमजोड छ उसैले धम्की दिइरहेको छ। यो राम्रो हैन। आफूले मन परेको नेताको भाषण सुन्नु, मन परेको नेतालाई भोट हाल्नु तपाईँहरूको गणतान्त्रिक अधिकार हो। हामी यसमा केही भन्दैनौं तर गाउँ घरमा अशान्ति गर्नु, धम्की दिनु राम्रो हैन। यो संस्कार त्याग्नुपर्छ’ तामाङले भने। यसबाहेक लोकसभा चुनाव अनि विधानसभा चुनाव दुइवटै चुनाव गोजमुमोले नै जित्ने पनि तामाङले दावी गरे।
चुनाव भ्रमणको क्रममा विनय तामाङले आज ब्लुमफिल्ड रिसीहाट समष्टि अन्तर्गत सुनधारा ढाड गाउँ, मोदी धुरा, सिरुबारी कोठीलाइन, फेड्रिक, धोजवीर धुरा, मण्डल हट्टा, अड्डु गाउँ खासमल, सिरुबारी, ओरेञ्ज भेल्ली, मकैबारी, रिसिहाट, बरबोटे/अप्पर लोअर शितले गाउँ आदि क्षेत्रहरूमा पथसभा अनि चुनाव प्रचार कार्य गरे।

No comments:

Post a Comment

Post Bottom Ad