कोलकोताको चुनावी हिंसापछि चुनाव आयोगको कार्वाही : गृह सचिव लगायत अन्य सरकारी अधिकारीवर्गको छुट्टी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 15, 2019

कोलकोताको चुनावी हिंसापछि चुनाव आयोगको कार्वाही : गृह सचिव लगायत अन्य सरकारी अधिकारीवर्गको छुट्टी


गफसफ.com, नयाँ दिल्ली, 15 मई। 
पश्चिम बङ्गालमा चुनावी हिंसामाथि चुनाव आयोगले गतिलो फसेला सुनाएको छ। कोलकोतामा चुनाव प्रचारको क्रममा हिंसा भड्केपछि चुनाव आयोगले कडा कार्वाही गर्दै उच्च पदस्थ सरकारी अधिकारीवर्गलाई आफ्नो पदबाट हटाएका छन्। यसक्रममा एडीजी सीआईडी राजीव कुमारलाई हटाएर गृह मन्त्रालय पठाएको छ भने गृह सचिव, स्वास्थ्य सचिव समेतलाई आफ्नो पदबाट हटाइएको छ।

यसक्रममा राज्यका मुख्य सचिवले नै गृह सचिवको पनि कामकाज अस्थायी रूपले देखाभाल गर्नेछन्। आगामी 19 मईका दिन सम्पन्न हुने अन्तिम चरणको लोकसभा चुनाव अघि चुनाव आयोगले यो कदम उठाएको हो।
विशेष गरेर मङ्गलबार कोलकोतामा भाजपा अध्यक्ष अमित शाहको रोड शो अवधी हिंसा भड्किएको थियो। उक्त रोड शो अवधी आगजनीको घट्ना पछि भाजपा अनि तृणमूल कङ्ग्रेसले एकार्कलाई आरोप प्रत्यारोप लगाउने क्रम सुरु भएको छ। घट्नापछि भाजपा अनि ममता ब्यानर्जी माझ वाकयुद्ध छेँडिएको छ भने सोहि मुद्दलाई भाजपा अनि तृणमूलले राजनैतिक रोटि सेक्ने हतियारको रूपमा समेत अघि बडाउन थालेको छ। यस सन्दर्भमा भाजपा अध्यक्ष अमित शाहले मुख्यमन्त्री ममता ब्यानर्जी प्रति कडा प्रतिक्रिया दिँदै बङ्गालमा गुण्डाराज चलिरहेको आरोप समेत लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad