गोर्खाल्याण्ड
संयुक्त संघर्ष समिति (जीएसएसएस) को बिरोध
कुनै व्यक्तिलाई होइन। कुनै प्रत्याशीलाई होइन। कुनै पार्टीलाई पनि होइन। गोर्खाल्याण्ड
संयुक्त संघर्ष समिति (जीएसएसएस) को असन्तोष भनेको राष्ट्रिय पार्टीको चरणमा क्षेत्रीय
राजनीतिको समर्पण माथि हो।
हामी
गोर्खाहरुको समस्या २ प्रकारको छ एउटा राष्ट्रिय समस्या एउटा क्षेत्रीय समस्या। राष्ट्रिय
समस्यामा देशका बिभिन्न कुनामा बसेका गोर्खा हरुको राष्ट्रिय चिन्हारी र राजनैतिक
सुरक्षा सुनिश्चित गर्न हेतु छुट्टै राज्य गोर्खाल्याण्डको निर्माणको कुरा प्रमुख
छ भने प्रस्तावित गोर्खाल्याण्ड राज्य लगायत देशका बिभिन्न राज्यहरुतिर बसोबास गर्ने गोर्खाहरुको
भिन्न किसिमको समस्याहरु छ। यी राष्ट्रिय समस्याहरुलई सम्बोधन गर्नको निम्ति हामी
प्रतिनिधि पठाउने गर्छौ सांसद बनाएर। अहिले आधा नेतृत्व राज्यको शरणमा र आधा नेतृत्व
केन्द्रको शरणमा पुगेपछि हाम्रो प्रतिनिधि वा सांसद आफै बनाएर पठाउने हुतिकार पनि
हाम्रोमा रहेन।
अब
रह्यो क्षेत्रीय मुद्दाको कुरो, क्षेत्रीय स्तरमा त्
मुद्दाको भरमार नै छ, यसलाई सम्बोधन गर्नको निम्ति यस्तो
प्रतिनिधि पठाउन जरुरि छ जसको जवाबदेही मात्र जनताको प्रति होस्। कुनै बाध्यताले
बाँधिएको नहोस, हाईकमानको आदेशमा मात्रै चल्नुपर्ने बाध्यता
नहोस तर उसको हाईकमान नै जनता होस् भन्ने
हाम्रो आकांक्षा हो।
क्षेत्रीय
चुनावको महत्व बिभिन्न समस्याको समाधान गर्नमा मात्र होइन तर हाम्रो आस्तित्व जगेराको
निम्ति पनि अनिवार्य छ। क्षेत्रीय स्तरमा
हामी आफै चुनाव लडेर जित्ने बिश्वास पनि आफैमा राख्दैनौ भने कसरि हामी यस क्षेत्रको
स्वामित्व को दाबी गर्छौ भन्ने हाम्रो चिन्ता हो।
भोलि
गोर्खाल्याण्डको राजधानी हुने, गोर्खाल्याण्डको मुटु,
एउटा प्रमुख निर्वाचन क्षेत्र दार्जीलिङमा नै बिधायकको चुनावमा पनि राष्ट्रिय पार्टी लाई
चिट्ठी लेखेर चुनाव चिन्ह माग्दैछ भने यी नेतृत्वहरुले भोलि गोर्खाल्याण्ड क्षेत्रभित्रको
निर्वाचन क्षेत्र मतिगड़ा, नक्सलबारी, फाँसीदेवा,
चोपडा तिर हाम्रो अस्तित्वको रक्षा कसरि गर्ला भन्ने चिन्ता लागेको हो
हामीलाई।
एकसमय
सिलगुडी हाम्रो सत प्रतिशत वर्चस्व भएको जग्गा, जब हामीले
राज्य र राष्ट्रको पार्टीहरुलाई आफ्नो राजनीति समर्पण गर्दै गयौ क्षेत्रीय
पार्टीहरु हराउदै गए, हामी क्षेत्र बासी पनि अल्पसंख्यक हुँदै गयौ सिमाना घटेर सुकुना नाग्यो र आज
हाम्रो नानीहरुको निम्ती कथा मात्र भयो। इतिहास साक्षी छ, प्रत्यक्ष
छ। हाम्रो अस्तित्व र हाम्रो मुद्दालाई ज्युँदो राख्नको निम्ति क्षेत्रीय पार्टी
बाँच्नुपर्छ, आफ्नो बुतामा लडेर क्षेत्रीय चुनावहरु
जित्नुपर्छ भन्ने हाम्रो तर्क हो। क्षेत्रिय बर्चस्व को अनिवार्यता र आवश्यकता
बुझ्नु हो भने त्रिपुरा को वर्तमान स्थिति साथै त्रिपुरीहरु को स्थिति को
निर्क्योल गर्यो भने कुरो छर्लङ्ग बुझिन्छ।
जनताले
जुन प्रकारको बिश्वास बिगत लोकसभा चुनावमा देखाएर आफ्नो दायित्व निर्वाह गरे
उनीहरुको निम्ति विश्वासघात हुनु हुदैन,
प्रमुख क्षेत्रीय पार्टी हरुले एक एक वटा निर्वाचन क्षेत्र बाटेर एक
अर्कालाई सघाएको भए एकता पनि कायम रहने थियो, हाम्रो
आस्तित्व पनि बरकरार रहने थियो। हामीले कसैलाई जिताउनु मात्र ठुलो कुरो होइन
त्यो जितमा भोलि बोल्ने बाटो पनि हुनुपर्छ। यो भोटको मात्र होइन नाकको लडाई पनि हो हाम्रो बर्चस्वको लडाईँ हो गोर्खा को
निम्ति।
लेख्दै
जानु हो भने यस्ता थुप्रै कुराहरु छन् तर, बिशेष
कुरा भने हाम्रो अस्तित्वको नै हो। आफ्नो
घर भित्र आफ्नै दबदबा हुनु पर्छ आफ्नो नियन्त्रणमा हुनुपर्छ। छिमेकिलाई आफ्नो घर
चलाउनु दियो भने समाजले राम्रो भन्दैन र टेर्दैना पनि। ड्राइभरले गाडी भिर तिर लाँदैछ
भनेर बुझाउने मान्छेलाई जाति बिरोधी र माटो बिरोधी को नाम दिएर तर्कलाई दबाउनु
हुँदैन। पेसेन्जर हामी सबै हौ, खतरा सबै लाई हुन्छ।
स्वस्थ बहस हुनुपर्छ। राजनीति गर्दा अगाडि को ५ साल, २०
साल, ५० साललाई हेरेर गरिनु पर्छ। २३ मई २०१९ लाई मात्र हेरेर राजनीति गरिनु
हुँदैन। अदुरदर्शी राजनीति ले भविष्य अन्धकार बनाउँछ साथै हरमोडमा दुर्घटना लिएर
आउँछ। २००७ देखि को क्षेत्रिय राजनीतिमा आफू सक्रिय रहेर भित्र साथै बाहिर पनि
बसेर हेरेपछि यी यथार्थहरु जनतालाई बुझाउन म आफ्नो जिम्मेवारी सम्झन्छु। अरु जनता
जनार्दनको हात मा नै छ। जनता ले पनि २३ मई मात्र नहेरे मुद्दा को सिपाही बनेर
विवेक मतदान गर्ने अपील गर्दछौ।
एकता
हुनुपर्ने र बङ्गाललाई हराउनु पर्ने मात्र ठुलो प्रश्न होइन तर, यो एकतालाई
निरन्तरता दिँदै अझ सशक्त कसरि गर्ने साथै यसको उर्जालाई कहाँ र कसरि प्रयोग गर्ने
भन्ने प्रश्न पनि प्रमुख हो। बङ्गाललाई घुँड़ा टेकाएपछि हामी उभिनु पर्ने जग्गा पनि
तय हुनुपर्छ किनकि यो भन्दा पहिला पनि एकता भएकै हो। एकक्षत्रीय शाशन चलेकै हो,
बङ्गाललाई पनि बारम्बार हराएकै हो तर, साधारण जनताले त्यसको प्रतिफल
के पायो त्यो प्रत्यक्ष नै छ।
गोर्खाल्याण्ड
संयुक्त संघर्ष समिति (जीएसएसएस)ले लामो अन्तरालदेखि गर्दै आएको जातीय एकता र जाती
उन्मुक्ति को कार्यलाई नै निरन्तरता दिनेछ। चुनावको माहोलमा गोर्खाल्याण्ड संयुक्त
संघर्ष समिति (जीएसएसएस)लाई भेटे पनि नभेटे पनि चुनाव पछि रणभूमि मा गोर्खाल्याण्ड
संयुक्त संघर्ष समिति (जीएसएसएस) फेरि साथमा
हुनेछ र शसक्त हुनेछ।
No comments:
Post a Comment