विष्ट बनाम अमर राई : कालेबुङको सन्त अगष्टिन, दार्जीलिङ भानुभवन अनि सिलगडी महाविद्यालमा दार्जीलिङ लोकसभ आसनको मतगणना सुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 22, 2019

विष्ट बनाम अमर राई : कालेबुङको सन्त अगष्टिन, दार्जीलिङ भानुभवन अनि सिलगडी महाविद्यालमा दार्जीलिङ लोकसभ आसनको मतगणना सुरु

गफसफ.com, कालेबुङ, 23 मई।  
देशभरी लोकसभा चुनावको मतगणना आरम्भ भएको छ। यस्तो अवस्थामा मानिसहरूले आ-आफ्ना प्रार्थीहरूले कति भोट पाउने हुन् अनि कसले जित निकाल्ने हुन् भन्ने प्रतिक्षा गरिरहेका छन्। यसैक्रममा दार्जीलिङ लोकसभा क्षेत्रबाट कसले जित्ने हुन् भनि जनताले रिजल्टको अन्तिम प्रतिक्षा गरिरहेका छन्।

दार्जीलिङ लोकसभा आसनमा तृणमूल प्रार्थी अमरसिंह राई अनि भाजपा प्रार्थी राजु विष्टमाझ यसपल्ट सोझै टक्कर रहेको छ। विभिन्न सामाजिक सञ्जालहरूमा गरिएको भोटिङको आधारमा भने भाजपा प्रार्थी राजु विष्टले भारी मतले बिजयी बन्ने आङ्कडा निकाल्ने भएको थियो वास्तविकता के हुने भन्ने सन्दर्भमा सबैले रिजल्टनै पर्खनु पर्नेछ।
दार्जीलिङ लोकसभा आसनका निम्ति विभिन्न ठाउँहरूमा मतगणना प्रारम्भ भइसकेको छ भने मतगणना केन्द्रमा केन्द्रिय सुरक्षाबलहरूको कठोर सुरक्षा समेत रहेको छ। दार्जीलिङ लोकसभा आसनको मतगणणा विशेष गरेर कालेबुङ विधानसभाबाट कालेबुङको सन्त अगष्टिन विद्यालयमा प्रारम्भ भएको छ। कालेबुङका मोठ 261 मतदान केन्द्रमा सम्पन्न भएको चुनावको निम्ति सन्त अगष्टिन विद्यालयमा 16 चरणसम्म मतगणना हुने भएको छ। यसैक्रममा दार्जीलिङ विधानसभा क्षेत्रको 321 मतदान केन्द्रमा सम्पन्न चुनावको मतगणना भानु भवन दार्जीलिङमा 15 चरणसम्म सम्पन्न हुने भएको छ भने खर्साङ विधानसभा केन्द्रको 292 मतदान केन्द्रमा सम्पन्न चुनावको मतगणना 15 चरणसम्म सम्पन्न हुने भएको छ। सोहिक्रममा मतिगडा विधानसभा केन्द्रको 307 मतदान केन्द्रमा सम्पन्न चुनावको मतगणना सिलगडी महाविद्यालयमा 22 चरणसम्म हुनेछ भने सिलगडी विधानसभाएको 245 मतदान केन्द्रको मतगणना सिलगडी महाविद्यालयमा 18 चरणसम्म हुनेछ। सोहिप्रकारले फाँसीदेवा विधानसभा क्षेत्रको 248 मतदान केन्द्रमा सम्पन्न चुनावको मतगणना 18 चरणसम्म अनि चोपडा विधानसभा क्षेत्रको 225 मतदान केन्द्रको मतगणना पनि सिलगडी महाविद्यालयमा नै 19 चरणसम्म हुने भएको छ।
दार्जीलिङको भानुभवन, कालेबुङको सन्त गष्टिन विद्यालय अनि सिलगडी महाविद्यालयमा सम्पन्न भइरहेको मतगणनाले नै दार्जीलिङ विधानसभा क्षेत्रबाट कुन प्रार्थीले बिजयीको बिगुल फुक्ने हुन् भन्ने सङ्केर मध्यदिनसम्ममा दिनेछ।

No comments:

Post a Comment

Post Bottom Ad