‘आप्पा’- फिल्मको ट्रेलर रिलिज; 28 जुन भारत अनि नेपालमा एकैसाथ हुने रिलिज - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 30, 2019

‘आप्पा’- फिल्मको ट्रेलर रिलिज; 28 जुन भारत अनि नेपालमा एकैसाथ हुने रिलिज

गफसफ.com, काठमाण्डौ , 27 मई ।
नेपाली कथानक चलचित्र ‘आप्पा’-को ट्रेलर रिलिज भएको छ। आगामी 28 जुन अर्थात् असार 13 गतेका दिन भारत अनि नेपालमा एकैसाथ रिलिज हुने चलचित्र ‘आप्पा’-को आज काठमाण्डौँमा एक कार्यक्रम आयोजना गरि ट्रेलर रिलिज गरिएको हो। माउन्टेन स्टोरिस इन्टरटेन्मेन्ट (Mountains Stories Entertainment) -को आधिकारिक युट्युब च्यानल मार्फत् उक्त ट्रेलर रिलिज गरिएको छ।

नेपाली फिल्मका चर्चित अभिनेता दयाहाङ रहेको उक्त चलचित्रलाई युवा निर्देशक अन्मोल गुरुङले निर्देशन गरेका छन्। जुन फिल्म मार्फत् युवा अभिनेता सिद्धान्त राज तामाङ अनि अल्लोना काबो लेप्चाले नेपाली फिल्मा डेब्यु समेत गरिरहेका छन्।

आज रिलिज गरिएको फिल्म ‘आप्पा’को ट्रेलरमा दयाहाङ राईलाई एकजा ड्राइभरको रूपमा देखिएको छ। 7,407 फिट उचाईँवा अवस्थित भारकै सबैभन्दा अग्लो ‘घुम’ रेल्वे स्टेशनमा पर्यटकहरू सन्दकफु घुम्न जानका निम्ति आइपुगेको दृष्य देखाइएको छ। जहाँबाट ड्राईभर दयाहाङ राईले पर्यटकहरूलाई लिएर सन्दकफु जाँदा वाहन दुर्घट्ना भएपछि बङ्गाली परिवारको मृत्यु भएको छ भने उनीहरूका एकजना छोरामात्र बाँचेका छन्। जसलाई बिर्खे अर्थात् दयाहाङ राईले पालपोषण गरेका छन्।

बाबा छोराको प्रेमपूर्ण सम्बन्धलाई देखाइएको ट्रेलरमा पछिबाट टिनेजरको प्रेमलाई पनि दर्शाइएको छ। जहाँ फिल्मा डेब्यु गरिरहेका हिरो सिद्धान्त राज तामाङ उर्फ सिद्धु अनि हिरोइन अल्लोना काबो लेप्चाको टिनेजरको प्रेमलाई लेखक एवम् निर्देशक अन्मोल गुरुङले कथा बुनेर अघि बडाएका छन्। स्कुले जीवनमा हुने एकार्कको प्रेम, आकर्षण एकातिर रहेको छ भने अर्कोतर्फ बाबु छोराको प्रेमलाई बुनेर अघि बडेको कथनक चलचित्र आप्पाको छायाङकन पनि ट्रेलरमा बेजोड देखाइएको छ।
दार्जीलिङ पहाडको सुन्दर पर्यटन स्थल सन्दकफु लगायत दार्जीलिङ, कालेबुङ आदि स्थानहरूमा छायाङकन गरिएको फिल्म आप्पाका निर्माता रूदेन सादा रहेका छन् भने फिल्ममा अरूणा कार्की, तुलसी घिमिरे जस्ता कलाकारहरूले पनि अभिनय गरेका छन्। अघिबाटै दुईवटा गीत रिलिज भइसकेको उक्त आप्पा चलचित्रको ट्रेलर भने आज मात्रै रिलिज गरिएको हो।

No comments:

Post a Comment

Post Bottom Ad