सन्त अगष्टिन विद्यालयमा ‘लेप्चा- आदिम जाति र भाषा’ विषयमा जिल्लास्तरीय प्रदर्शनी कार्यक्रम सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 31, 2019

सन्त अगष्टिन विद्यालयमा ‘लेप्चा- आदिम जाति र भाषा’ विषयमा जिल्लास्तरीय प्रदर्शनी कार्यक्रम सम्पन्न

गफसफ.com, कालेबुङ 31 मई।
सन्त अगष्टिन विद्यालयको ससोनियन डबल हेलिक्स क्लबले प्रत्येक वर्ष विज्ञान विषयमा विविध कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसैक्रममा आज कालेबुङ जिल्ला स्तरीय अन्तर विद्यालय ‘इन्डेजेनियस लेप्चा- द पिपलस एन्ड द ल्याङ्ग्वेज’ विषयमाथि प्रदर्शनी सँगै पावर पोइन्ट प्रतियोगिताको आयोजना गरेको थियो।

यस वर्ष 2019 लाई अन्तराष्ट्रिय आदिम भाषा एवम् जाति (International Year of Indigenous Languages and People) भनेर घोषणा गरिएको छ। यसैक्रममा ससोनियन डबल हेलिक्स क्लबले‘इन्डेजेनियस लेप्चा- द पिपलस एन्ड द ल्याङ्ग्वेज’ विषयमा प्रदर्शनी अनि पावर पोइन्ट प्रयोगिता आयोजना गरेको हो।
यस अवसरमा कार्यक्रममा मुख्य अतिथिका रूपमा लेप्चा विकास बोर्डका अध्यक्ष एल.एस तामसाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा सन्त अगष्टिन विद्यालयका प्राचार्य फादर जेराड लेप्चा, उप-प्राचार्य फादर डा. भिक्डोर भर्नान्डिस उपस्थित रहेका थिए।

कार्यक्रममा सन्त जर्ज उच्चतर माद्यमिक विद्यालय पेदोङ, गान्धी आश्रम, कुमुदिनी विद्याश्रम, सन्त अगष्टिन स्कुल, रकभेल अकादमी,  सन्त स्टेफन स्कुल कफेर, सन्त जोसेफ स्कुल गीतडाब्लिङ, प्रणामी बालिका विद्या मन्दिर, सप्तश्री ज्ञानपीठ, डा. ग्राह्म होम्स, गीतडाब्लिङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीवर्गले प्रतियोगितामा भाग लिएका थिए। यसक्रममा उनीहरूले लेप्चा जाति सम्बन्धी जोडिएका विविध भाषा, साहित्य, संस्कृति, भेशभूषा, समाज, जीवन शैली, हात हतियार आदि विषयहरूमा प्रस्तुति गरिएको थियो। यसका साथै कार्यक्रममा लेप्चा सांस्कृतिक संस्थानका कलाकारवर्गले पनि आफ्नो सांस्कृतिक प्रस्तुत गरेका थिए।
विभिन्न विद्यालयका विद्यार्थीवर्गले गरेका प्रदर्शनीमा लेप्चा समुदायमाथिको खोज विस्तृत रहेको थियो। यसक्रममा उक्त प्रदर्शनीको अनि पावर पोइन्ट प्रस्तुतिको प्रतियोगितामा कालेबुङको कुमुदिनी विद्याश्रमले प्रथम भएर दुवैवटा पदक हत्याउन सफल भएको छ। यसका साथै प्रदर्शनीमा रकभेल अकादमी दोस्रो अनि सन्त अगष्टिन स्कूल तेस्रो भएको छ भने पावर पोन्ट प्रेजेन्टेसनमा गीतडाब्लिङ उच्चतर माध्यमिक विद्यालय दोस्रो अनि प्रणामी बालिका विद्या मन्दिरले तेस्रो स्थान ओगट्न सफल भएको छ।
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिका रूपमा उपस्थित लेप्चा विकास बोर्डका अध्यक्ष एल.एस तामसाङले सन्त अगष्टिन विद्यालयलाई कार्यक्रम आयोजनाको निम्ति बधाई दिँदै विद्यार्थीवर्गको खोजले लेप्चा जातिलाई धेरै लाभ पुग्ने मन्तव्य प्रकट गरे। उनले लेप्चा जातिले सधैँ साम्प्रदायिक अखण्डतालाई अक्षुण्ण राख्ने कार्य गरेको बताउँदै आगामी दिनहरूमा पनि यो अखण्डतालाई सबैले कायम राख्नुपर्ने आह्वान पनि गरे।
यसैक्रममा फादर जेराड लेप्चाले वर्ष 2019 लाई अन्तराष्ट्रिय आदिम भाषा एवम् जातिको रूपमा पालन गरिरहेको बताउँदै यसैक्रममा लेप्चा जातिलाई एउटा विषयको रूपमा लिएर कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेका छन्। उनले यहाँ वसोवास गर्ने प्रत्येक मानिसहरू नै वास्तवमा आदिम जाति रहेको बताउँदै यस्तो कार्यक्रमहरूको आयोजना वास्तवमा विद्यार्थीवर्गमा खोज गर्ने प्रवृत्तिको विकास गर्नु रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad