दार्जीलिङ विधानसभा उपचुनावमा केवल 62 प्रतिशत मतदान; देखिएन मतदाताहरूमा भोटको जोश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 19, 2019

दार्जीलिङ विधानसभा उपचुनावमा केवल 62 प्रतिशत मतदान; देखिएन मतदाताहरूमा भोटको जोश

गफसफ.com, दार्जीलिङ, 19 मई।
दार्जीलिङ विधानसभा उपचुनावको चुनावी मैदानमा ओर्लिएका 9 जना प्रार्थीहरूको भाग्या ईलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द भएको छ। आज बिहानदेखि सम्पन्न भएको चुनाव साँझ समाप्त भएको हो। केन्द्रिय सुरक्षाबलको 16 कम्पनी जवानहरू चुनावलाई शान्तिपूर्ण गराउनका निम्ति विभिन्न ठाउँहरूमा तैनाथ रहेका थिए भने चुनाव अवधी कहीँ कतै अप्रिय घट्ना घटेको समाचार प्राप्त भएको छैन।

2 लाख 34 हजार 7 सय 58 जना मतदाताहरू रहेको दार्जीलिङ विधानसभा क्षेत्रका मोठ 321 वटा मतदान केन्द्रहरूमा चुनाव सम्पन्न भएको थियो। जसमध्ये 62 प्रतिशत मतदानाहरूले मतदान गरेको दार्जीलिङ महकुमा अधिकारी कौशिक सिन्हाले जानकारी दिएका छन्। उनले मतदानको सही प्रतिशत निकाल्ने कार्य जारी रहेको बताउँदै 62 प्रतिशतबाट केहि प्रतिशत घट-बड हुने पनि बताएका छन्। उनले अहिलेसम्म प्राप्त रिपोर्टको आधारमा 62 प्रतिशत मतदान भएको बताउँदै सही तथ्य भने भोलि मात्र उपलब्ध गराउने पनि बताएका छन्।
आज बिहान 7 बजेदेखि सम्पन्न भएको उक्त विधानसभा चुनावमा गोजमुमो पार्टीका अध्यक्ष विनय तामाङ निर्दलीय प्रार्थीका रूपमा खडा भएका थिए भने उनको सोझो टक्कर भाजपा प्रार्थी निरज जिम्बा रहेको थियो। उनीहरू दुवैले मतदान पछि जीतको दाबी गरेका छन् भने उनीहरूको भाग्यमा कसलाई जनताले मोहर लगाए भन्ने कुराको निर्णय भने आगामी 23 मईका दिन सम्पन्न हुने मतगणनाले नै स्पष्ट पार्नेछ।
यसैक्रममा चुनावी मैदानमा जन आन्दोलन पार्टीबाट अमर लामा, क्रामाकपा अनि कङ्ग्रेस पार्टीको समर्थनमा स्वराज थापा, गोर्खालिगबाट विप्लव राई, निर्दलीय प्रार्थी शारदा राई सुब्बा, माकपाबाट केबी वातर,  गोर्खा राष्ट्रिय कङ्ग्रेसबाट अमर लक्सम अनि आईआरडीएफबाट संजय ठकुरी चुनावी मैदानमा ओर्लिएका थिए। उनीहरू सबैले बिहान आ-आफ्नो मतदान केन्द्रहरूमा मतदान गरेपछि विभिन्न ठाउँहरूको मतदान केन्द्रहरूमा पुगेर जानकारी लिने कार्य समेत गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad