लोकसभा चुनाव 2019 : भाजपा प्रार्थी राजु विष्ट 70,901 भोटले तृणमूल प्रार्थी अमरसिंह राईभन्दा अघि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 22, 2019

लोकसभा चुनाव 2019 : भाजपा प्रार्थी राजु विष्ट 70,901 भोटले तृणमूल प्रार्थी अमरसिंह राईभन्दा अघि

गफसफ.com, दार्जीलिङ, 23 मई।
दार्जीलिङ लोकसभा आसनबाट भाजपा प्रार्थी  राजु विष्ट दोस्रो चरणमा आइपुग्दा 70 हजार 9 सय 1 भोटले अघि रहेका छन्। उनले तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थी अमरसिंह राईलाई लगातार पछि पारिरहेका छन्। अहिलेसम्म विष्टले 1 लाख, 11 हजार, 907 भोट पाएका छन् भने तृणमूल प्रार्थी अमरसिंह राईले केवल 39,344 भोट पाएका छन्। जसको कारण अमरसिंह राई भाजपा प्रार्थी राजु विष्टसँग 70 हजार 9 सय 61 भोटले अघि रहेका छन्।

पहिलो चरण : भाजपा प्रार्थी राजु विष्ट 9107 भोटले तृणमूल प्रार्थी अमरसिंह राईभन्दा अघि 
दार्जीलिङ लोकसभा आसनबाट भाजपा प्रार्थी  राजु विष्टले पहिलो चरणको मतगणनामा  13483 भोट पाएका छन् भने उनका प्रतिद्वान्द्वी तृणमूल प्रार्थी अमरसिंह राईले 4376 भोट पाएका छन्। भाजपा प्रार्थी राजु विष्टले अमर राईलाई पहिलो चरणको परिणाममा 9107 भोटले पछि परेका छन्।
अर्कोतर्फ 7221 भोटले अलिपुद्वार लोकसभा आसनबाट भाजपा प्रार्थी जोहन बारला अघि रहेका छन्। प्रथम चरणको मतगणनाको परिणाम अघि आएपछि भाजपा प्रार्थी जोहन बारलाले 20553 मत पाएका छन् भने उनको नजिकका प्रतिद्वान्द्वी तृणमूल प्रार्थी दशरथ तिर्कीले 17903 भोट पाएका छन्। भाजपा प्रार्थी जोहन बारलाले तृणमूल प्रार्थी दशरथ तिर्कीलाई पहिलो चरणको परिणाममा 7221 अघि रहेका छन्।
यता दार्जीलिङ लोकसभा आसनबाट भाजपा प्रार्थी  राजु विष्टले पहिलो चरणको मतगणनामा  13483 भोट पाएका छन् भने उनका प्रतिद्वान्द्वी तृणमूल प्रार्थी अमरसिंह राईले 4376 भोट पाएका छन्। भाजपा प्रार्थी राजु विष्ट अमर राईभन्दा अहिले 9107 भोटले पछि परेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad