वाहन दुर्घट्नामा 8 जना घाइते; चालकको अवस्था चिन्ताजनक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 9, 2019

वाहन दुर्घट्नामा 8 जना घाइते; चालकको अवस्था चिन्ताजनक

गफसफ.com, कालेबुङ, 9 अप्रेल।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा पूल अनि चित्रे बिचमा वाहन दुर्घट्ना हुँदा 8 जना घाइते भएका छन्। सिलगडीबाट कालेबुङतर्फ आइरहेको आइसर वाहनलाई सिक्किमबाट सिलगडीतर्फ गइरहेको WB-73A-7261 नम्बर भएको म्याक्स वाहनले हिर्काउँदा उल्टा उक्त म्याक्स वाहन क्षतिग्रस्त भएको छ। यसका साथै उक्त म्याक्स वाहनमा सवार 8 जना मानिसहरू घाइते बनेका छन् भने वाहनका चालकको अवस्था गम्भीर रहेको छ।

प्राप्त जानकारी अनुसार सिलगडीबाट वाहन लादेर कालेबुङतर्फ आइरहेको आइसर वाहनलाई सिक्किमबाट आएको म्याक्सले तिव्र गतिको हिर्काउँदा उक्त वाहन उच्छिट्टिएर नालीमा पुगेको थियो। अधिक गतिमा आइरहेको उक्त वाहनले आइसरलाई हिर्काएपछि उल्टै म्याक्समा सवार यात्रीहरू घाइते बनेका हुन्। दुर्घट्नामा परेर वाहनका चालक प्रवीण राई (28) को अवस्था चिन्ताजनक रहेको छ भने उनीहरूलाई कालेबुङ जिल्ला अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ।
उक्त दुर्घट्नापछि घाइते यात्रीहरूले म्याक्स वाहनका चालकले वाहनलाई अधिक रफ्तारको साथका कुदाएकै कारण उक्त दुर्घट्ना भएको बताएका छन्। यात्रीहरूले उनलाई वाहन बिस्तारै कुदाउने बताउँदा पनि उनले नमानेपछि नै यसरी दुर्घट्ना भएको घाइते यात्रीहरूको भनाइ रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad