एनआरसी मुद्दामा राजु विष्टलाई विनय तामाङको प्रश्न –‘गोर्खा समुदाय कसरी र कुन आधारमा सुरक्षित हुन्छ?’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 2, 2019

एनआरसी मुद्दामा राजु विष्टलाई विनय तामाङको प्रश्न –‘गोर्खा समुदाय कसरी र कुन आधारमा सुरक्षित हुन्छ?’

गफसफ.com, दार्जीलिङ, 2 अप्रेल।
एनआरसी मुद्दालाई लिएर गोजमुमो अध्यक्ष विनय तामाङले भाजपा प्रार्थी राजु विष्टलाई प्रश्न सोधेका छन्। गोरामुमो अनि गोजमुमो विमल गुटको समर्थन पाएर दार्जीलिङ लोकसभा आसनबाट चुनावी मैदानमा ओर्लिएका राजु विष्टले एनआरसी गोर्खा समुदायाका निम्ति राम्रो भनेपछि विनय तामाङले प्रश्न सोधेक हुन्। ‘एनआरसी लागू भए गोर्खा समुदाय कसरी र कुन आधारमा सुरक्षित हुन्छ?’ –विनय तामाङले भाजपाका उम्मेद्वार राजु विष्टलाई प्रश्‍न गरेका छन्।

‘भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले बङ्गालमा एनआरसी लागू गर्ने कुरा गरेपछि सम्पूर्ण गोर्खा र अल्पसंख्यक समुदाय भयभित बनिरहेका छन्। यति मात्रै होइन, आज भाजपाका उम्मेद्वार राजु विष्टले एनआरसीले गोर्खालाई कुनै असर पार्दैन भनेका छन्। तर आसाममा एनआरसी लागू गरिएपछि त्यहाँका 2.5 लाख गोर्खालाई डी. भोटर बनाइयो। अर्थात, सन्देहास्पद मतदाताको दर्जा दिइयो। यसरी नै दार्जीलिङ पहाड र कालेबुङको इतिहास नेपाल र भूटानसित सम्बन्धित छ। यसैले बङ्गालमा 1951-लाई कट अफ् इयर बनाएर एनआरसी लागू भए यहाँका गोर्खा समुदाय कसरी सुरक्षित हुन सक्छन्? यसको जवाब राजु विष्टका साथै भाजपालाई सहयोग गर्ने पार्टीले जवाब दिनुपर्छ’ विनय तामाङले भनेका छन्।
उनले दार्जीलिङ पहाडबारे राजु विष्टलाई राम्रोसँग कुनै ज्ञान नरहेको भन्दै एनआरसी राम्रो हो भन्नु ठिक होइन भनेका छन्। विनय तामाङले आसाममा अन्य देशका नागरिकले देशको नागरिकता नपाओस्, उनीहरू राजनैतिक अधिकारबाट वञ्चित होस् भनेर एनआरसीको व्यवस्था गरिएको हो भन्दै जसको अन्तिम समय सीमा सन् 1971-लाई बनाइएको छ भने। जसको अर्थ आसाममा बस्नेहरूसित सन् 1971-अघिको कागज पत्र छ भने उनीहरू आसामका नागरिक ठहरिनेछन् र नहुनेहरू विदेशी हुने भन्दै त्यसमा आसामका सौताल, आदिवासी र जनजातिलाई कागज-पत्र समबन्धी धेरै छूट रहेको पनि तामाङको भनाइ रहेको छ। उनीहरूलाई अरिजिनल इन्हेविटेन्ट वा खाँटी नागरिकको दर्जा दिइएको कारण उनीहरूसित पर्याप्त कागज पत्र नभए पनि उनीहरू आसामका नागरिक मानिन्छ भनि तामाङले बताएका छन्।
यसक्रममा उनले गोर्खा, मुस्लिम र अन्य जाति यो दर्जामा पर्दैनन् भन्दै एनआरसी प्रक्रियामा मानिसहरूको पैतृक वंश वृक्षमाथि सर्वेक्षण हुने अनि यसले गोर्खालाई ठूलो समस्या हुने तामाङको दाबी रहेको छ। ‘दार्जीलिङ वा बङ्गालमा एनआरसी लागू हुँदा सन् 1971-को साटो 1951 राखे, यसले गोर्खा जातिलाई ठूलो असर पार्नेछ। दार्जीलिङ पहाडको राम्रो ज्ञान नै नभएका राजु विष्टले सजिलैसित एनआरसीले गोर्खालाई कुनै असर पार्दैन भन्नु गलत हो’ विनय तामाङले भने।
‘दार्जीलिङ पहाडका 87.2 प्रतिशत जनताको हातमा आफू बसेको जमीनको पर्जा-पट्टा वा मालिकाना अधिकार नै छैन। यदि एनआरसी लागू भए अनि दार्जीलिङ पहाडका जनताको जमीनको कागज पत्र देखाउन परे, कसरी असर पार्दैन?’ विनय तामाङले थप प्रश्न गरे।

No comments:

Post a Comment

Post Bottom Ad