लोकसभा चुनाव 2019 : अमित शाह र ममता ब्यानर्जीले एकैदिन दार्जीलिङ लोकसभा आसनका जनतालाई सम्बोधन गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 9, 2019

लोकसभा चुनाव 2019 : अमित शाह र ममता ब्यानर्जीले एकैदिन दार्जीलिङ लोकसभा आसनका जनतालाई सम्बोधन गर्ने

गफसफ.com, कालेबुङ, 9 अप्रेल।
भारतीय जनता पार्टी अनि तृणमूल कङ्ग्रेस पार्टीको निम्ति प्रतिष्ठाको लडाईँ बनेको दार्जीलिङ लोकसभा आसनमा आगामी 11 अप्रेलका निम्ति सबैको ध्यान केन्द्रित हुने भएको छ। भाजपा राष्ट्रिय अध्यक्ष अमित शाहाले 11 अप्रेलका दिन कालेबुङको डा. होम्स ग्राउण्डबाट राजु विष्टको पक्षमा चुनावी सभालाई सम्बोधन गर्नेछन् भने तृणमूल अध्यक्ष एवम् मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङबाट प्रार्थी अमरसिंह राईको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्ने भएकी छन्।

दुईचोटी दार्जीलिङ लोकसभा आसनबाट भाजपाले चुनाव जितेर सांसद बनेपछि तेस्रोचोटि पनि दार्जीलिङ आसनबाट जित निकाल्न भाजपाले कम्मर कसकेको छ। जसको कारण भाजपा प्रार्थी राजु विष्टको प्रचारमा पार्टीका अध्यक्ष अमित शाह दार्जीलिङ आउने भएका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad