17 औँ लोकसभा चुनाउ 2019 : पश्चिम बङ्गालको कुचबिहार अनि अलिपुरद्वारमा पहिलोचरणको मतदान, केहि मतदान केन्द्रमा ईभीएम खराबीले मतदानमा विलम्ब - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 10, 2019

17 औँ लोकसभा चुनाउ 2019 : पश्चिम बङ्गालको कुचबिहार अनि अलिपुरद्वारमा पहिलोचरणको मतदान, केहि मतदान केन्द्रमा ईभीएम खराबीले मतदानमा विलम्ब

गफसफ.com, कालेबुङ, 11 अप्रेल।
17 औँ लोकसभा चुनाउको पहिलो मतदान आज सम्पन्न भइरहेको छ। पश्चिम बङ्गाल राज्यको जलपाईगडी अनि कुचबिहार लोकसभा केन्द्रमा पनि मतदान सुरु भइसकेको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूले उत्साहसँग आफ्नो मतदान गरिरहेका छन् भने कतिपय मतदान केन्द्रहरूमा भने ईभिएम खराब भएको कारण मतदान सूचारू हुन सकेको छैन। जसको कारण मतदान केन्द्रहरूमा मतदाताहरू लाइनमा बस्न परिरहेका छन्। 

17औँ लोकसभा चुनाउमा आज पहिलो चरणको मतदान आरम्भ भएको छ। पश्चिम बङ्गाल राज्यमा आज पहिलो चरणमो मतदान कूचबिहार जिल्ला अनि अलिपुरद्वार जिल्लाको आसनका निम्ति आरम्भ भएको छ। सम्पूर्ण पुलिङ बुथहरूमा चुनाउकर्मीहरू पुगिसकेका छन् भने मतदाताहरू पनि आ-आफ्नो मतदान गर्नका निम्ति बुथहरूमा पुगिरहेका छन्।

कुचबिहारबाट मोठ 11 जना प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन् भने अलिपुरद्वार लोकसभा आसनबाट 7 जना प्रार्थीहरू चुनावी मैदानमा ओर्लिएका छन्। कुचबिहार लोकसभा आसनबाट तृणमूल कङ्ग्रेस, भारतीय जनता पार्टी, कङ्ग्रेस, आरएसपी, फरवर्ड ब्लक अनि अन्य राजनैतिक दलहरूका चारजना लगायत तीनजना निर्दलिय प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन्। जसमध्ये तृणमूल कङ्ग्रेस अनि भारतीय जनता पार्टीको प्रार्थी माझमा कडा टक्कर हुने सम्भावना रहेको छ।
अर्कोतर्फ अलिपुरद्वार लोकसभा आसनबाट तृणमूल कङ्ग्रेस, भाजपा, काङ्ग्रेस, आरएसपी लगायत अन्य दुईवटा राजनैतिक दलका प्रार्थीहरूसँगै दुईजना निर्दलीय प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन्। प्रत्येक मतदान केन्द्रहरूमा निस्पक्ष अनि शान्तिपूर्ण चुनाउ गराउनका निम्ति चुनाउ आयोगले कडा सुरक्षा व्यवस्थाको बन्दोबस्त मिलाएको छ। राज्यका अतिरिक्त चुनाउ अधिकारी सञ्जय बोसले प्रत्येक बुथहरूमा सशस्त्र सुराक्षाकर्मी हुने जानकारी दिका छन्।

No comments:

Post a Comment

Post Bottom Ad