लोकसभा चुनावको मैदानबाट क्रामाकपा प्रार्थी आर.बी राई अनि स्वाराज थापाले फिर्ता लिए आफ्नो नामङ्कन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 29, 2019

लोकसभा चुनावको मैदानबाट क्रामाकपा प्रार्थी आर.बी राई अनि स्वाराज थापाले फिर्ता लिए आफ्नो नामङ्कन

गफसफ.com, दार्जीलिङ 29 मार्च।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) प्रार्थी आर.बी राई अनि गोजमुमो विमल गुटबाट राजीनामा दिएर स्वतन्त्र प्रार्थीका रूपमा चुनावी मैदानमा ओर्लिएका स्वाराज थापाले आफ्नो नामङ्कन पत्र फिर्ता लिएका छन्। उनीहरूले आज नामङ्कन पत्र फिर्ता लिने अन्तिम दिन आ-आफ्नो नामङ्कन पत्र फिर्ता लिएर लोकसभा चुनावको मैदानबाट पछि हटेका छन्। दुवैले चुनावी मैदानबाट आफ्नो नामङ्कन पत्र फिर्ता लिएर पछि हटे पनि आगामी दिनमा कसलाई समर्थन गर्ने हुन् भन्ने कुराको भने कुनै स्पष्ट पारेका छैनन्।

यी दुइजनाले आफ्नो नामाङ्कन पत्र फिर्ता लिए पछि अब दार्जीलिङ लोकसभा आसनमा मोठ 16 जना उम्मेद्वारहरू माझ चुनावी प्रतिद्वन्द्विता हुने भएको छ। जसको कारण चुनाउ विभागले दार्जीलिङका प्रत्येक मतदान केन्द्रमा 2-2 वटा ईभीएम (इलेक्ट्रोनिक भोटिङ मशिन) राख्नैपर्ने भएको छ। यसको लागि जिल्ला प्रशासन वा चुनाउ विभागले पनि उचित व्यवस्था गर्ने जनाएको छ।
आज दोस्रो चरणको लोकसभा चुनाउको नामाङ्कन पत्र फिर्ता लिने अन्तिम दिन थियो, जसमा क्रामाकपाबाट खडा भएका पूर्व सांसद आरबी राई र स्वतन्त्र उम्मेद्वारका रूपमा खडा भएका स्वराज थापाले आ-आफ्नो नामाङ्कन पत्र फिर्ता लिएका हुन्। यस चुनाउमा दार्जीलिङ आसनबाट नामाङ्कन भर्ने उम्मेद्वारहरूको मोठ संख्या 21 पुगेको थियो, तर आजसम्म नामाङ्कन फिर्ता लिने र नामाङ्कन रद्द हुनेहरूको संख्या 5 पुगेपछि चुनाउको मैदानमा 16 जना उम्मेद्वार रहेका छन्। यसैले दार्जीलिङ लोकसभा आसनका प्रत्येक मतदान केन्द्रमा 2-2 वटा ईभीएम राख्नुपर्ने स्थिति आएको छ।  
‘राज्यको दमन, पीडा, जेल-नेलको पीडा खप्नपरेको जातीय एकीकरणको साटो खण्डित विखण्डित भइरहेको अवस्थामा शोषण विरूद्ध एकवद्ध हुन साझा उम्मेद्वारको भरमग्दूर प्रयास गरिएको थियो। तर राजनैतिक स्वार्थ र अहंकारको कारण एकता बन्न सकेन। त्यसैले क्रामाकपाले पार्टी अध्यक्ष आरबी राईलाई उम्मेद्वार बनाए पनि दार्जीलिङ पहाडको जनमत खण्डित हुने खेलमा उतार्न अनुचित ठानेर उनलाई यस चुनाउको मैदानबाट अलग गरिएको हो’ क्रामाकपा प्रवक्ता गोविन छेत्रीले आर.बी राईको नामङ्कन पत्र फिर्ता लिएपछि भने। यसक्रममा क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले आगामी केही दिनपछि पार्टीले कसलाई वा कुन पार्टीलाई समर्थन जनाउनुपर्ने हो, त्यो स्पष्ट पार्ने पनि जनाएका छन्।

यसरी नै स्वतन्त्र उम्मेद्वारका रूपमा खडा भएर चुनाउ मैदान छोडेका स्वराज थापाले पनि कसलाई समर्थन जनाउनेबारे स्पष्ट केही बताउन नचाहे पनि अलग राज्य गोर्खाल्यान्ड विरोधी शक्तिलाई हराउनको लागि सबैले सचेत मतदान गर्नुपर्ने आह्वान गरे। ‘मैले यस चुनाउमा सांकेतिकरूपमा नामाङ्कन पत्र पेश गरेको थिएँ। ताकि दार्जीलिङ पहाडमा पनि सक्षम व्यक्तिहरू छन् भन्ने सन्देश सबैले थाह पाउन सकुन्। यसैले अब दार्जीलिङ पहाड र अलग राज्यको हितमा जसले कार्य गर्न सक्छ, उसैको पक्षमा दार्जीलिङ पहाडका जनताले मतदान गरून् भन्ने मेरो चाहना छ’ स्वाराज थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad