जस्तै च्याम्पियनले जितेर गए पनि गोर्खाल्याण्ड दिलाउन सक्दैन – अजय दहाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 30, 2019

जस्तै च्याम्पियनले जितेर गए पनि गोर्खाल्याण्ड दिलाउन सक्दैन – अजय दहाल

गफसफ.com, कालेबुङ 30 मार्च।  
‘के यो पाली कुनै विशेष पार्टी वा व्यक्तिले चुनाउ जितेर सांसद बने गोर्खाल्याण्ड हुन्छ ?’ भन्ने प्रश्नलाई अघि सार्दै युनाईटेड गोर्खा रेभ्युल्युसनरी फ्रन्ट (युजीआरएफ) का अध्यक्ष अजय दहालले जस्तै व्यक्ति सांसद बने पनि गोर्खाल्याण्ड नहुने ठोकुवा गरेका छन्।

‘त्याग अनि बलिदानको भावना नभएको, जस्तै च्याम्पियनले चुनाउ जितेर सांसद बनेपनि गोर्खाल्याण्ड दिलाउँन सक्दैन। हामी-तपाईँ जस्तो व्यक्तिगत स्वार्थ नबोकेको जाति अनि माटोको माया बोकेको अनि साधारण मानिसले मात्र सक्छ। जनताले गर आन्दोलन अनि निर्वाचीत प्रतिनीधिहरुले मर आन्दोलनकोनेतृत्व गर्नुपर्छ तबमात्र गोर्खाल्य़ण्ड बन्छ’ युजीआर एफ अध्यक्ष एवम् दार्जीलिङ लोकसभा समष्टिबाट स्वतन्त्र उम्मेद्वार अजय दहालले भनेका छन्।
उनले यसपल्ट यदि चुनावमा गोर्खाल्याण्ड माग्नेहरू पराजित भए बङ्गाल सरकारले गोर्खाहरूलाई उखेलेर फ्याँक्नेछ भन्ने मानिसहरूको मनमा रहेको त्रासलाई अघि सार्दै उक्त त्रास विगत देखि वर्तमान समयमा देखाउने कार्य हुँदै आएको पनि बताएका छन्।
‘खुल्लर देखी आलुवालिया सम्म, 1986 देखि 2019 सम्म, हामीलाई घरि-घरि यही डर देखाएर हाम्रो डर, संत्रास अनि असन्तुष्टीको दोहन गरिरहे। संसदमा हाम्रो प्रतिनिध्व गर्ने अधिकार खोसीरहयो, लुछीरहयो, लुटीरहयो। हामीलाई बेच्नेले बेचीरहे, हामी बेचिन वाध्य बनिरहयौ। आज पनि यही डर अनि संत्रासको डाईलग प्रयोग गरेर उनीहरुलाई भोट हाल्नु भन्दैछन्’ अजय दहालले भनेका छन्।
उनले बंगाली, गोर्खा, राजबंशी, आदिवासी, बिहारी, माडवारी, हिन्दु अनि मुसलिम माझमा सम्प्रदायिक दुर्भावना फैलाएर एकार्कमा डर, संत्रास, अनि असन्तुष्टीको खेती गर्छ भन्दै जसको परिणामस्वरूप आन्दोलनहरुलाई पाइतालामुनी दवाएर राज्यको सरकारमा रहेका पार्टीहरु सत्तामा टिकिरहन्छन् भनि आरोप समेत लगाएका छन्। यसक्रममा उनले भएका छन् –‘हामीलाई बचाएको झै गरेर, केही खकुलो पारेझै गरेर केन्द्रीय पार्टीहरु हाम्रो भोटले उनीहरुको सांसदहरू प्राप्त गरिरहन्छन्। यस्ता दुवै थरिका राजनैतिक पार्टीहरुको पहिचान गरौ, अनि वहिस्कार गरौ।’
उनले राजनैतीक पर्टीहरुलाई आफुहरूमा रहेका असन्तुष्टीको खेती गर्ने मौका नदिउ भन्दै समाजलाई सुसंगठित बनाएर सिङ्गो उत्तर बङ्गाल मुक्ति परिकल्पना लिएर अधि बडौ पनि भनेका छन्। ‘सचेत रहौ, सहज रहौ, उत्तर बंगाला सबै जाति-जनजातिलाई गर्न 2019 लोकसभा चुनाउमा स्थानीय, क्षेत्रीय, असाम्प्रदायीक, अनि योग्य प्रतिनीधिहरुलाई मतदान गरौ अजय दहालले भनेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad