लोकसभा चुनाव 2019 : साझा उम्मेद्वारको पक्षमा अन्तिम प्रयास गर्दै एनजीसीले बोलायो सर्वदलिय वैठक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 16, 2019

लोकसभा चुनाव 2019 : साझा उम्मेद्वारको पक्षमा अन्तिम प्रयास गर्दै एनजीसीले बोलायो सर्वदलिय वैठक

गफसफ.com, सिलगडी 16 मार्च।
17 औँ लोकसभा चुनावलाई लिएर दार्जीलिङ संसदीय क्षेत्रबाट गोर्खाल्याण्ड राज्य गठनको माग गर्नेहरू बिच कुनै आम सहमती नबनिएपछि नेशनल गोर्खाल्याण्ड कमिटिले चिन्ता व्यक्त गरेको छ। भाजपा अनि तृणमूल कङ्ग्रेस विरोधीहरू एकजुट बनेर साझा प्रार्थी खडा गर्ने पक्षमा आम सहमती बनाउन एकाधिकपल्ट सर्वदलीय वैठक गरेपनि वैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आगामी 18 मार्चको दिन नेशनल गोर्खाल्याण्ड कमिटिले पुन: सर्वदलिय वैठक डाकेको छ। यसबारे एनजीसीका सुखमान मोक्तानले जानकारी दिएका छन्।
File Photo
दार्जीलिङ संसदीय क्षेत्रबाट साझा प्रार्थीको निम्ति आम सहमति अझसम्म नबनिएपछि आज एनजीसीले सिलगडीमा एउटा होटलमा आपतकालिन वैठक गरेर आमसहमतिको प्रयास गर्ने जिम्मेवारी लिएको छ। जसको निम्ति आगामी 18 मार्चको दिन पहाडका गोर्खाल्याण्ड माग्ने राजनैतिक दलहरूलाई लिएर सर्वदलिय वैठक गरिने सुखमान मोक्तानले जानकारी दिएका हुन्। एनजीसीका उपाध्यक्ष त्रिलोक देवानको अध्यक्षतामा बसेको आकस्मिक वैठकले साझा प्रार्थीको निम्ति आम सहमति जुटाउन आगामी सोम्बार सर्वदलिय वैठक डाकेको उनले थप बताएका छन्।  
‘नेशनल गोर्खाल्याण्ड कमिटिको आज एउटा आकस्मिक सभा बस्यो। 17औँ लोकसभा चुनावलाई लिएर पहाडमा साझा उम्मेद्वारको जुन कुरा उठान भइरहेको छ त्यसबारे आजसम्म पनि राजनैतिक दलहरूले सङ्कीर्ण राजनैतिक मनोभावबाट माथी उठेर साझा उम्मेद्वार चयन गर्न नसकेकोमा एनजीसीले चिन्ता व्यक्त गरेको छ। यसैकारण एनजीसीले आफ्नो कर्तव्य सम्झेर सबैलाई समन्वयन गरेर साझा उम्मेद्वार तय गर्नका निम्ति आगामी सोम्बार सिलगडीमा सर्वदलिय वैठक डाकेका छौँ’ सुखमान मोक्तानले भने।

No comments:

Post a Comment

Post Bottom Ad