वरिष्ट समाजसेवी के.पी मल्लको निधन; विनय तामाङ र विमल गुरुङद्वारा शोक प्रकट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, February 17, 2019

वरिष्ट समाजसेवी के.पी मल्लको निधन; विनय तामाङ र विमल गुरुङद्वारा शोक प्रकट

गफसफ.com, दार्जीलिङ, 17 फरवरी।
दार्जीलिङमा वरिष्ठ समाजसेवी के.पी मल्लको निधन भएको छ। उनको निधन सिलगडी एउटा नर्सिङ होममा भएको थाह लागेको छ। दार्जीलिङ रेडक्रस सोसाइटीका पूर्व सचिव एवम् समाजसेवी के.पी मल्लको निधनले समाजमा एउटा अपुरणीय क्षति भएको छ। रेडक्रस सोसाइटीसम सावद्ध बनेपछि समाजिक कार्यको निम्ति सक्रिय बनेर ग्रामीण क्षेत्रहरूमा समेत सक्रिय रूपले कार्य गर्न के.पी मल्लको निधनले क्षेत्रवासी शोकित बनेका छन्।

जीटीए वोर्ड अध्यक्ष विनय तामाङद्वारा शोक प्रकट
अवकाशप्राप्त मेजर के.पी मल्लको निधनपछि जीटीए बोर्ड अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर शोक सम्वेदना प्रकट गरेका छन्। उनले अप्रा. मल्लको निधनको खबरले आहत बनेको भन्दै उनले गरेका सामाजिक कार्यहरूको प्रशंसा गरेका छन्।  
‘दार्जीलिङ रेड क्रस सोसाइटीका पूर्व सचिव, विशिष्ट समाजसेवी एवं लेखक मेजर कृष्ण मल्ल (के.पी. मल्ल) को निधनको दु:खद खबरले आहत बनेको छु। चियाकमान अनि ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य एवं  विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहेर सबैको ह्रदयमा बसेका मेजर मल्लले दार्जीलिङ पहाड़मा हेपाटाइटिस-बी खोपको अभियानमा पनि सक्रियताको साथमा विशेष भूमिका निभाएका थिए। यसबाहेक आफ्नो लेखहरूमार्फत पनि उनले समाजलाई जागरूकतातर्फ दिशाबोध गराएका हुन्’ विनय तामाङले भनेका छन्।
यसक्रमा उनको विशिष्ट योगदानहरूलाई सम्मान गर्दै हालै जनवरी महीनामा मात्र पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीको बाहुलीबाट बगं रत्न पुरस्कारले सम्मानित गरिएको बताउँदै उनको मृत्युले दार्जीलिङ पहाड़लाई ठूलो क्षति पुराएको बताएकाअ छन्।
‘स्व. मेजर केपी मल्ल सरप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। पुण्यात्माको चीर शान्तिको कामनासहित शोकाकूल परिवारप्रति पनि हार्दिक सम्वेदना व्यक्त गर्दछु। उहाँ सशरीर हामीमाझ नरहेतापनि उनका सामाजिक योगदान सदैव हामीबीच बाचिरहनेछन्’ विनय तामाङले भनेका छन्।
विमल गुरुङद्वारा शोक प्रकट
के.पी अल्लको निधनप्रति भूमिगत नेता विमल गुरुङले पनि शोक प्रकट गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरेर शोक समवेदना प्रकट गर्दै उनको मृत्यु भारतीय गोर्खा समाजको निम्ति अपुरणीय क्षति रहेको बताएका छन्।
‘के.पी मल्लको निधन भारतीय गोर्खा समाजको निम्ति एक अपुरणीय क्षति हो। उनको निधनले मर्माहत बनेका छौँ। मेजर मल्ल गोर्खा समाजका समाजसेवाको एउटा कहिल्यै नमेटिने अध्याय भएर रहनु भएको हामी महशुस गर्दछौँ’ विमल गुरुङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad