जम्मु कश्मीरको नौसेरामा अर्को आतङ्की हमला; आईइडी विस्फोटमा सेनाका एक मेजर सहिद - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 16, 2019

जम्मु कश्मीरको नौसेरामा अर्को आतङ्की हमला; आईइडी विस्फोटमा सेनाका एक मेजर सहिद

गफसफ.com, जम्मु कश्मीर, 16 फरवरी।
जम्मु कश्मीरको पुलवामा क्षेत्रमा आतङ्की हमला भएको दुईदिन बित्न नपाई रजौरीको नौसेरामा आतङ्कीहरूले अर्को हमला गरेको छ। नौसेराको लाम झाँगडमा आतङ्कीहरूले आईइडी ब्लास्ट गरेर अर्को आतङ्की हमला गरेको छ भने उक्त आईइडी ब्लास्टमा सेनाका एकजना मेजर सहिद बनेको खबर प्राप्त भएको छ। यसका साथै उक्त घट्नामा दुईजना सेनाका जवानहरू गम्भीर घाइते बनेका छन्।

प्राप्त जानकारी अनुसार पाकिस्तान सेनाको सहयोगमा भारत छिरेका आतङ्कीहरूले भारतीय सिमा क्षेत्रभित्र आईइडी प्लान्ट लगाएपछि भारतीय सेनाले उक्त क्षेत्रको सर्च अपरेशन गरेको थियो। विशेष सुत्रबाट आतङ्की क्रियाकलापको जानकारी पाउन साथ भारतीय सेनाले क्षेत्रको सर्च अपरेसन गर्ने क्रममा उक्त आईइडी ब्लास्ट हुँदा सेनाका मेजर सहिद बनेका छन्। आतङ्कीहरूले लगाएको आईइडी प्लान्ट डिफ्युज गर्नेक्रममा बिस्फोट भएपछि सेनाका ईञ्जिनियरिङ कोरका मेजर सहिद बनेका छन् भन दुईजना जवान गम्भीर घाइते बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad