जनताको आवाजलाई शिरोपर गरेर आगामी लोकसभा चुनावामा गोरामुमो पार्टीले निर्णय लिनेछ – मन घिसिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, February 17, 2019

जनताको आवाजलाई शिरोपर गरेर आगामी लोकसभा चुनावामा गोरामुमो पार्टीले निर्णय लिनेछ – मन घिसिङ

गफसफ.com, कालेबुङ, 17 फरवरी।
‘गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यसपालि लोकसभा चुनावमा जुनै निर्णय लिए पनि त्यो निर्णय जनताको निर्णय हुनेछ। हामी जनताको आवाजलाई सिरोपर गरेर लोकसभा चुनावको निर्णय लिनेछौँ’ उक्त कुरा गोरामुमो अध्यक्ष मन घिसिङले भनेका हुन्। पार्टी कार्यकर्ताहरूसँग वैठक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा घिसिङले लोकसभा चुनावलाई लिएर अहिले नै चुढान्त निर्णय नलिए पनि आगामी दिनमा जनताको निर्णयलाई नै शिरोपर गरेर हिँड्ने बताएका हुन्।
Man Ghising - President GNLF
निकै लामो समय पछि कालेबुङ आइपुगेका गोरामुमो अध्यक्ष मन घिसिङले पार्टी कार्यकर्ताहरूसँग वैठक गरेर विविध चर्चा गरेका छन्। उनले यहाँको एउटा होटलमा पार्टी कार्यकर्ताहरूसँग वैठक गरेर आगामी दिनमा सङ्गठनलाई कसरी दह्रिलो बनाउनुपर्ने विषयमा चर्चा परिचर्चा गरेका हुन्। यसक्रममा उनले पार्टीको एउटा कार्यकारी कमिटि गठन गरेको जानकारी दिँदै उक्त कमिटिले नै कालेबुङ जिल्लामा पार्टीको गतिविधी अघि बडाउने पनि बताएका छन्।
उनले पार्टीलाई दह्रिलो बनाउनका निम्ति पार्टीका कार्यकर्ताहरू चर्चा गरिरहेको बताउँदै आगामी दिनमा युवा अनि नारी मोर्चाको कमिटि पनि गठन गर्ने जानकारी दिएका छन्। यसैक्रममा उनले पार्टीमा सबैलाई एकवद्ध बनाएर अघि बडाउन कार्यकारी समितिले नै काम गर्ने बताएका छन्।   
उनले आगामी लोकसभा चुनवलाई लिएर पार्टीले धेरै कुराहरू बिचार गरिरहेको भन्दै यसबारे अन्तिम निर्णय भने लिन बाँकी रहेको बताएका छन्। ‘यसपल्ट गोरामुमोले भूल गर्नुहुँदैन। हामीले पार्टी कार्यकर्ताहरूबाट पनि सल्लाल लिइरहेका छौँ अनि वरिपरिको राजनैतिक दृष्य पनि हेरिरहेका छौँ। यसका साथै अन्य मानिसहरूको विचार पनि सुनिरहेका छौँ। यी सबैलाई हेर्दा आगामी दिनमा गोरामुमो पार्टीले भूल गर्नुहुँदैन भन्ने बुझेका छौँ’ मन घिसिङले भने।
यसैक्रममा उनले आगामी लोकसभा चुनावमा गोरामुमोले कसैलाई समर्थन गर्ने वा आफ्नै उम्मेद्वार खडा गर्ने सन्दर्भमा भने पछिबाट निर्णय लिने पनि बताएका छन्। ‘भोइस अफ् द कम्मन पिपल नै हाम्रो मुख्य लक्ष्य हुनेछ’ मन घिसिङले भने। यसक्रममा उनले आगामी लोकसभा चुनावमा कुनै पनि राष्ट्रिय राजनैतिक दलबाट केहि प्रस्ताव अहिलेसम्म नआएको पनि बताएका छन्।
‘छैटौँ अनुसूची हाम्रो मुद्दा हो। यदि कुनै पनि सरकारले छैटौँ अनुसूची दिनेछौँ भन्छ भने त्यतिबेला हामी समर्थन गर्ने कुरामा सोँच्नेछौँ। त्यो दिने बीजेपी, कङ्ग्रेस, टीएमसी वा अन्य कोही पनि हुनै सक्छ। त्यसबेला हामी पार्टी हेर्दैनौँ तर मुद्दा हेर्नेछौँ’ मन घिसिङले अझ भने –‘कसैले पहाडलाई माया गरेर  छैटौँ अनुसूची भन्दा ठूलो चिज दिन लागेको छ कि? अथवा कुनै ठूलो चिज पो दिन लागेको छ कि? यसबारे पनि हामीले आशा राखेका छौँ।’
उनले आगामी लोकसभा चुनावलाई लिएर खेलाईँची तरिकाले निर्णय लिन नहुने भन्दै जनताको भावनालाई बुझ्ने आफुले प्रयास गरिरहेको अनि जनताको भावना बुझेर नै अन्तिम निर्णय लिने पनि मन घिसिङले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad