भारत-नेपाल सिमा क्षेत्रबाट 6 जना रोहोङ्गिया मुस्लिम पक्राउ; चारजनालाई अदालतले पठायो पुलिस रिमाण्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, February 10, 2019

भारत-नेपाल सिमा क्षेत्रबाट 6 जना रोहोङ्गिया मुस्लिम पक्राउ; चारजनालाई अदालतले पठायो पुलिस रिमाण्डमा

गफसफ.com, सिलगडी 10 फरवरी।
सशस्त्र सिमा बल (एसएसबी)ले भारत नेपाल सिमा क्षेत्रबाट 6 जना रोहोङ्गिया मुसलमानलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमध्ये एकजना महिला रहेको छ। प्राप्त जानकारी अनुसार एसएसबीले शुक्रबार अबेर राती म्यानम्यारका 6 जना रोहोङ्गिया मुसलमानहरूलाई भारत नेपाल सिमा क्षेत्रबाट पक्राउ गरेको हो भने उनीहरूलाई शनीबार अदालतमा पेशी गरिएको थियो।

रोहोङ्गिया मुसलमानहरूको पक्राउले यता पुलिस प्रशासनमा खलबली मच्चिएको छ। अदालतमा पेश गरिए पछि अवैध घुसपैठको प्रयास गरेको आरोपमा न्यायालयले 4 जनालाई रिमाण्डमा पठाएको छ भने महिलालगाय दुईजनालाई न्यायिक हिरासतमा पठाएको छ। दार्जीलिङ जिल्ला अधिनस्थ खोरिबारी थाना पुलिसले घट्नाको जाँच गरिरहेको छ भने उनीहरू अवैध रूपले भारतभित्र कसरी प्रवेश गर्‍यो अनि कुन उद्देश्यले प्रवेश गरेको भन्ने जाँच गरिरहेको छ।
पक्रा पर्नेहरूले सबै आफुहरू म्यानमारका बासिन्दाहरू रहेको बताएका छन् एसएसबीको 41 बटालीयनका सेकेन्ड इन् कमाण्ड जीसी पाण्डेले सैदुल गक (20)म रूबेर अहमद (33), मोहम्मद इदरीस (33), मोहम्मद रियाज (25), अली अहमद अनि जानु आरा (40) लाई पक्राउ गरेको जानकारी दिएका छन्। पक्रा परेकाहरूले आफुहरू म्यानमारका बासिन्दा रहेको बताएका छन् भए सैदुल हक अनि जानु आराकोबाट शरणार्थी परिचय पत्र पनि भेटेको सूत्रले बताएको छ। उनीहरूलाई पुलिसले न्यायिक हिरासतमा पठाएको छ भने अन्यलाई पुलिस रिमाण्डमा पठाएको छ।

No comments:

Post a Comment

Post Bottom Ad