नाम्चीमा ट्रकले कुल्चियो बाइक सवार; एक युवकको घट्नास्थलमै मृत्यु, एकजना गम्भीर घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

नाम्चीमा ट्रकले कुल्चियो बाइक सवार; एक युवकको घट्नास्थलमै मृत्यु, एकजना गम्भीर घाइते

गफसफ.com, कालेबुङ, 25 जनवरी।
दक्षिण सिक्किमको नाम्चीमा भयावह वाहन दुर्घट्नामा एक युवकको घट्नास्थलमा नै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। उक्त घट्ना आज दिउँसो लगभग 1 बजेतिर भएको हो। प्राप्त जानकारी अनुसार समान लादेर आएको एउटा ट्रक SK 04 D 0631 ले अघिल्लतिर रहेको बाइक स्वारलाई हिर्काएपछि वाइकमा सवार सागर थापाको घट्नास्थलमा नै मृत्यु भएको छ।

समानले भरिएको ट्रकले अनियन्त्रित रूपमा आएर बाइकलाई हिर्काएपछि बाइकमा सवार सागर थापालाई बाइकसँगै पेलेर जाँदा उनको घट्ना स्थलमा नै मृत्यु भएको छ भने अर्को एकजना भने गम्भीर घाइते भएका छन्। यसका साथै उक्त अनियन्त्रित ट्रकको चपेटमा छेउमा पार्किङ गरेर राखेका वाहनहरू पनि क्षतिग्रस्त बनेको छ।

घट्नापछि पुलिसले ट्रकका चालक कृष्ण प्रधानलाई पक्राउ गरेको थाह लागेको छ भने उक्त ट्रक नाम्ची निवासी दिलिल भाइजीको रहेको थाहा लागेको छ। विशेष गरेर ट्रक अनियन्त्रित रहेको कारण नै चालकले अघिल्लतिर रहेको बाइकलाई सोझै टक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जसको कारण उक्त बाइक सोझै ट्रकमुनी परेको थियो भने बाइकसँगै सवार सागर थापा पनि ट्रकको चपेटमा परेर मृत्यु भएको हो। उनको टाउको ट्रकले पेलेर लगेको कारण घट्नास्थलमा नै उनको मृत्यु भएको थाहा लागेको छ भने अर्को सवार व्यक्ति भने उच्छिटिएको कारण भाग्यले बाँचेका छन्। यद्यपि उनी पनि गम्भीर घाइते रहेको थाहा लागेको छ।

No comments:

Post a Comment

Post Bottom Ad