जीटीए सचिवालय लालकोठीमी मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् प्रशासनिक वैठक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 24, 2019

जीटीए सचिवालय लालकोठीमी मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् प्रशासनिक वैठक

गफसफ.com, दार्जीलिङ 24 जनवरी।
पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले बिहिबार जीटीएको  सचिवालय लालकोठी परिसरको भ्रमण गरेकी छन्। यस अवसरमा उनीसँग राज्यका अन्य शीर्षस्थ अधिकारीहरू पनि उपस्थित रहेका थिए। जीटीए सचिवालय लालकोठी पहिलोचोटी पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले लालकोठी परिसरलाई अझ व्यवस्थित अनि विकसित बनाउने निर्देश दिएकी छन्।

यसैक्रममा मुख्यमन्त्री ब्यानर्जीले एक प्रशासनिक वैठक पनि गरिन्। उक्त प्रशासनिक बैठकमा गत २२ जनवरीको दिन रिचमण्ड हिलमा भएको सभामा चर्चा गरिएका मुद्दाहरूबारे चर्चा परिचर्चा भएको जीटीए बोर्ड अध्यक्ष विनय तामाङले जानकारी गराएका छन्।
उनले यसभन्दा अघि मुख्यमन्त्रीसँग क्रमैले चियाबगान अनि सिन्कोना बगानवासीहरूको निम्ति पर्जापट्टा( जमीनको अधिकार) तथा न्यूनतम् रोजदर ज्याला, 271 सेकेण्डेरी भोलिन्टियर टिचर्स, न्यू सेट-अप अप्पर प्राइमेरी भोलेन्टियर्स टिचर्सलाई स्थायीकरण गरिनुपर्ने, गैर- मान्यताप्राप्त विद्यालयहरूलाई सरकारी मान्यतासितै शिक्षकहरूलाई स्थायीकरण गरिनुपर्नेआदि मागहरू राज्य सरकारसमक्ष राखियो भने नेपालीभाषीहरूलाई भाषिक अल्पसंख्यकको मान्यता दिनुपर्ने, जीटीएक्षेत्रलाई डेभलोभमेन्ट अफ नर्थ इस्टर्न रिजन, डीआई फण्ड अधिनस्थ जमीनहरू यथाशीघ्र जीटीएमा हस्तान्तरण गरिनुपर्ने, दार्जीलिङ नगरपालिकालाई म्युनिसिपल कर्पोरेशनको दर्जा दिनुपर्ने, सिन्कोना विभागमा ग्रुप डीकर्मचारीहरू नियुक्ति गरिनुपर्ने, विद्यालय एवं महाविद्यालयसित सम्बन्धित सबै थाँतीमा रहेका मुद्दाहरू समाधान गरिनुपर्ने तथा जीटीए पे ब्याण्ड कर्मचारी, ग्रुप ए, बी कर्मचारीहरूको समस्याहरूको समाधान गरिनुपर्ने, दार्जीलिङ हिल युनिभर्सिटी, रेसिडेन्सियल स्पोर्टस् एकाडेमी, पहाड़ी भवन, मतिगढ़ालाई जीटीएमा हस्तान्तरण गरिनुपर्ने आदि विषयहरूमा चर्चा-परिचर्चा गरिएको बताउँदै प्रशासनिक बैठकमा उठाइएका सबै मुद्दाहरूमाथि सकरात्मक आश्वासन मुख्यमन्त्रीबाट पाइएको विनय तामाङले थप जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad